Close

Recent Posts

२४ वटा उद्योगको लाइन काटियो

२४ वटा उद्योगको लाइन काटियो
  • ९ कार्तिक २०८२, शनिबार १०:३१

काठमाडौँ । विद्युत प्राधिकरणले २४ वटा उद्योगको लाइन काटेको छ । कुलमान घिसिङ मन्त्री बनेसँगै महसुल नतिर्ने उद्योगीको लाइन काटिन थालीएको छ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार १८ वटा उद्योगको लाइन काटेको छ। गत हप्ता ६ वटा उद्योगको लाइन काटिएको थियो ।

mulpatra

ट्रंक तथा डेडिकेटेड लाइनको शुल्क नतिरेका उद्योगहरु राजनीतिक पहुँचमा उम्किरहेकामा प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो।

ट्रंक तथा डेडिकेटेड लाइन दिएका उद्योगहरुले तिर्नुपर्ने महसुल अरबौ थियो । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स को यसअघि नै विद्युत लाइन काटिएको थियो ।

प्राधिकरणले पटक पटक महसुल बुझाउन र नबुझाएमा लाइन काटिने चेतावनी दिएपनि उद्योगीले अटेर गरि बसिरहेका थिए । ट्रंक तथा डेडिकेटेड लाइनको विवादमा परेका १४ वटा उद्योगले भने किस्ता रकम बुझाउन सुरु गरेकाले लाइन काटिएको छैन ।