Close

Recent Posts

निर्माणाधीन संसद भवन निर्माण ढिलाईः समयमै नसके कारवाही गर्ने मन्त्री घिसिङको चेतावनी

निर्माणाधीन संसद भवन निर्माण ढिलाईः समयमै नसके कारवाही गर्ने मन्त्री घिसिङको चेतावनी
  • ९ कार्तिक २०८२, शनिबार १९:५५

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको निरीक्षण गर्दै तोकिएको म्यादभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्। शनिबार निरीक्षणका क्रममा उनले म्यादभित्र काम नसकिए कानूनी कारबाही र हर्जाना तिराउने चेतावनी दिएका हुन्।

mulpatra

संसद भवनको निर्माण २०७६ असोज १६ गते सम्झौता भई तीन वर्षभित्र सम्पन्न गर्ने योजना थियो। तर पटक–पटक म्याद थपिँदै हाल पाँचौं पटक २०८२ पुस १६ गतेसम्मको समय दिइएको छ। मन्त्री घिसिङले तोकिएको म्यादभित्र काम नसकिए कारबाही हुन बाध्य हुने चेतावनी दिएका छन्।

उनले दैनिक कार्यतालिका बनाएर कामलाई तीव्रता दिन, दुई सिफ्टमा काम सञ्चालन गर्न र दुई दिनभित्र विस्तृत सेड्युल पेस गर्न निर्देशन दिएका छन्। “राष्ट्रिय सभा र आगामी निर्वाचनपछि प्रतिनिधि सभा बैठक नयाँ भवनमै सञ्चालन हुनुपर्ने भएकाले अब कुनै ढिलासुस्ती सह्य छैन,” उनले भने।

mulpatra mulpatra mulpatra

१२ वटा ब्लकमा निर्माण भइरहेको नयाँ संसद भवनमा दुवै सदन, संसदीय समितिहरू र दलका कार्यालयहरू रहने छन्। बानेश्वरस्थित पुरानो भवन जेन–जेड आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि सरकारले नयाँ भवन निर्माणलाई तीव्रता दिएको हो।

निर्माण कम्पनीले स्रोत, साधन र जनशक्ति परिचालन गरेर समयमै काम सक्ने प्रतिबद्धता जनाएको छ।