Close

Recent Posts

जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा दिने स्वास्थ्य मन्त्रीको पहिलो निर्णय

जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा दिने स्वास्थ्य मन्त्रीको पहिलो निर्णय
  • १० कार्तिक २०८२, आईतवार १६:५०

काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् ।

mulpatra

पहिलो निर्णयका रूपमा मन्त्री शर्माले आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरेकी छिन् । शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।