Close

Recent Posts

२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण

२८३ मेगावाट विद्युत् भारत निर्यात अनुमति नवीकरण
  • १४ कार्तिक २०८२, बिहीबार १३:३२

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ ।

mulpatra

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २ सय ८३ मेगावाट विद्युत् निर्यातका लागि दिइएको स्वीकृति नवीकरण गरिदिएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दर र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

mulpatra mulpatra mulpatra

भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । आईएक्स मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृति पाएका चार आयोजनाको नवीकरण भएको हो ।

ती आयोजनाबाट उत्पादित १ सय ३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मंगलबारदेखि लागु हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृत भएको छ ।

यसैगरी द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई चार आयोजनाबाट उत्पादित करिब १ सय ८० मेगावाट बिक्री भइरहेको थियो । हरियाणालाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिने छ ।

Image Source: © https://mulpatra.com

प्राधिकरणले हरेक वर्ष जुन अक्टोबरमा हरियाणालाई विद्युत् बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत् आईएक्समा पनि बिक्री अनुमति मागेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब चार आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारदेखि आईएक्समा समेत निरन्तर बिक्री गर्न पाउने भएको छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएक्सको आठौं सभामा सहभागी हुन भारत नयाँदिल्ली भ्रमण क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरसँगको भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रिया सरलीकृत गरिदिन आग्रह गरेका थिए ।

उनले नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृत गरिदिन समेत आग्रह गरेका थिए ।