Close

Recent Posts

इजरायल कामदार पठाउने २३० सँग सरकारले गर्‍यो करार सम्झौता

इजरायल कामदार पठाउने २३० सँग सरकारले गर्‍यो करार सम्झौता
  • २३ कार्तिक २०८२, शनिबार १६:४८

काठमाडौं– दीर्घकालीन स्याहरकेन्द्रमा सहायक कामदार (केयरगिभर)मा लैजान २ सय ३० जनासँग करार सम्झौता गर्ने भएको छ । १ हजार युवामध्ये यसअघि नै ३ सय ४० लाई रोजगार दिने गरी करार सम्झौता भएको हो ।

mulpatra

वैदेशिक रोजगार विभागका इजरायल शाखाले चिट्ठा प्रणालीमार्फत छानिएका २ हजार १ सयमध्ये दोस्रो चरणमा बाँकी रहेका १ हजार नेपालीलाई केयरगिभरको रूपमा लैजान सुरु गरेको जनाएको छ । इजरायल र इरानबीचको तनाब कम भएपछि इजरायलले दोस्रो चरणका १ हजार ११२ मध्ये बाँकी रहेका नेपालीसँग करार सम्झौता सुरु गरेको विभागको भनाइ छ ।

इजरायलले हालसम्म जीटुजीमार्फत २ हजार नेपालीको माग गरिसकेको छ भने थप १ हजार युवालाई माग गर्ने गरी क्रमशः स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेको हो ।

mulpatra mulpatra mulpatra

विभागले स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका १ हजारमध्ये स्वास्थ्य परीक्षणमा फिट भएका नेपालीसँग इजरायलका रोजगारदाताले करार सम्झौतापछि इजरायल जाने जनाएका छन् ।

दोस्रो चरणमा छनोट गर्ने १ हजारमध्ये २३० सँग करार सम्झौता गर्नुअघि स्वास्थ्य परीक्षणका लागि पत्राचार गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । सो संख्याका युवाको स्वास्थ्य परीक्षणपछि करार सम्झौता गरिने जनाइएको छ ।इजरायलको अनुरोधमा स्वास्थ्य परीक्षणको अनुरोध आएका २३० युवालाई ३ महिना भित्र इजरायल प्रवेश गर्ने जनाइएको छ ।

यससँगै इजरायलले माग गर्ने दोस्रो चरणका १ हजारमध्ये ५६० युवा रोजगारीका लागि इजरायल जाने पक्का भएको हो । इजरायलमा युद्धको त्रास कम भएसँगै केयरगिभरको लागि यसअघि प्रतिक्षा सूचीमा रहेका नेपालीलाई लैजाने भएको हो ।

Image Source: © https://mulpatra.com

पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको संख्या बढ्दै गएका कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा चासो बढेका कारण नेपालबाट नियमित रुपमा नेपाली जान सकेका थिएन ।

इजरायलमा युद्धको त्रास कम हुने संकेत देखिन थालेसँगै रोकिएर रहेका नेपालीलाई पठाउन इजरायल पक्षले पत्र पठाएपछि हाल रोकिएका नेपाली इजरायल गइरहेका छन् ।