Close

Recent Posts

ईपीएस कोरियन भाषा परीक्षा मंसिर–पुसमा सञ्चालन गर्ने तयारी

मिति तय नहुँदा प्रतिक्षामा १ लाख बढी परिक्षार्थी

ईपीएस कोरियन भाषा परीक्षा मंसिर–पुसमा सञ्चालन गर्ने तयारीमिति तय नहुँदा प्रतिक्षामा १ लाख बढी परिक्षार्थी
  • २२ कार्तिक २०८२, शुक्रबार १२:४९

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा मंसिर–पुसमा मात्र हुने भएको छ । मानव संसाधन बोर्ड (एचआरडी) कोरियाले कात्तिक २० देखि नेपालका लागि भाषा परीक्षा हुने अनौपचारिक मिति तय गरेर सूचना दिए पनि कहिले परिक्षा सञ्चालन हुने भन्ने मिति तय नभएको ैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।

mulpatra

शाखाका अनुसार नेपालको शान्ति–सुरक्षा अवस्थाका कारण पछि सारिएको हो । कोरियाले १ लाख २ हजार ५१५ परीक्षार्थीका लागि तत्काल भाषा परीक्षा गराउने गरी तालिका प्रकाशित गरेपनि शान्ति–सुरक्षाको कारण देखाउँदै इपीएसको परिक्षा सारिएको शाखाले जनाएको छ ।

नेपालका अनुसार एचआरडी पनि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय ललितपुर तथा अन्य निकायको आग्रहमा तोकिएको मितिमा परीक्षा नगर्न सुझाएको छ । जेनजी आन्दोलन र फागुनमा तोकिएको चुनावको मितिका कारण पनि एचआरडी कोरियाले भनेको समय परीक्षा गर्न नसक्ने शाखाले बताउँदै आएको छ ।

mulpatra mulpatra mulpatra

पछिल्लो समय कोरियाले नेपालबाट ठ्लो संख्यामा नेपाली कामदार लैजाने गरी भाषा परीक्षा गर्ने तयारी गदै आएको छ । कोरियाले १७ ईपीएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी कामदार माग गर्दै आएको छ ।

मंसिरबाट परीक्षा सञ्चालन गरिने अनौपचारिक जानकारी आए पनि यकिन नभए्को शाखाकै कर्मचारीहरु बताउँछन् । कोरियाले नेपालबाट माग गर्ने युवा संख्या केही समयका लागि बढाएका कारण हाल दैनिकजसो कोरिया जाने उडान तालिका प्रकाशित हुँदै आएको छ । नेपालको आन्तरिक कारण भाषा परीक्षामा ढिलाइ भए नेपाललाई कोरियाले दिँदै आएको माग प्राथमिकता अन्य देशमा जाने सम्भावनासमेत रहन सक्छ ।

पछिल्लो समय प्राथमिकतामा राखेर छनोट गरिरहेका कारण गत वर्ष मात्र नभएर यो वर्ष पनि ठूलो संख्यामा नेपाली युवा कोरिया गइरहेका छन् । सेवा–सुविधाका दृष्टिले कोरिया आर्कषक श्रम गन्तव्य रहँदै आएको छ । सन् २०२४ मा १४ हजार ४९२ नेपाली युवा कोरिया प्रवेश गरेका थिए ।

Image Source: © https://mulpatra.com

सन् २०२३ मा नेपाल अन्य १७ देशका कामदारको तुलनामा सबैभन्दा बढी युवा पठाउने पहिलो देश बन्न सफल भएको थियो । सन् २०२३ मा १७ वटा राष्ट्रमध्ये नेपालबाट धेरै कामदार १९ हजार ६८९ कोरिया प्रवेश गरेका थिए । यसरी हेर्दा अन्य राष्ट्रको तुलनामा कोरियाले नेपालीलाई उच्च मूल्यांकनमा राखेको शाखाको तथ्यांकमा छ ।