Close

Recent Posts

मंसिर २४ मा विशेष महाधिवेशन गर्न कांग्रेस नेताको माग

मंसिर २४ मा विशेष महाधिवेशन गर्न कांग्रेस नेताको माग
  • २२ कार्तिक २०८२, शुक्रबार १४:३२

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले मंसिर २४ गतेबाट विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। जारी बैठकमा बोल्दै केन्द्रीय समितिबाटै बैठक आह्वान गर्न माग गरे।

mulpatra

छोटो समयमा महाधिवेशन गरेर चुनाव तयारीका लागि प्रशस्त समय दिएको लागि विशेष महाधिवेशनको विकल्प नभएको बताए।

उनले बैठकमा भने, ‘चुनावलाई पहिलो प्राथमिकता बनाएर जानु सत्य हो, यो सबैका लागि विधानमा व्यवस्था भएको १७ (२) अनुसार मंसिर २४ गते जुन दिन मंगलादेवी सिंहको जन्मजयन्तीदेखि सुरू हुने गरी विशेष महाधिवेशन आयोजना गरौं।’

mulpatra mulpatra mulpatra

विशेष परिस्थितिमा विशेष महाधिवेशन हुने कुरा विधानले प्रष्ट भनेको बताए। केन्द्रीय समितिले आवश्यक ठानेर विशेष महाधिवेशन आह्वान गर्न सिंगो केन्द्रीय कार्यसमितिलाई आग्रह गरे।