Close

Recent Posts

नीलो क्रान्तिको चर्चा भइरहेका बेला सिधै जेनजीले रातो क्रान्ति गरे

नीलो क्रान्तिको चर्चा भइरहेका बेला सिधै जेनजीले रातो क्रान्ति गरे
  • २२ कार्तिक २०८२, शुक्रबार १४:३६

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदनमा हालैको जेनजी आन्दोलनदेखि राष्ट्रिय राजनीतिका प्रमुख एजेन्डाहरूमा पार्टीको विचारधारा थप स्पष्ट गरिएको छ ।

mulpatra

उपसभापति अर्याल गत भदौ २३ र २४ गतेको घटनालाई पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणामका रूपमा व्याख्या गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘शासकहरूले आफ्नो भविष्य बरबाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन, निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेनजी आन्दोलन भयो ।’

mulpatra mulpatra mulpatra

भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान र कारबाही सरकारको तत्कालीन कार्यभार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘आन्दोलन हिंसात्मक बनेपछि जेनजीले २३ गते दिउँसै प्रदर्शन अन्त्यको घोषणा गरिसकेका थिए । तर सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थी लगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

अर्यालले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई २४ गतेको घटनाले राजीनामा दिन बाध्य पारेको बताएका छन् ।

Image Source: © https://mulpatra.com

उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको हो ।’

२४ गतेको विध्वंसमा राजनीतिक कार्यकर्ताको सक्रियता रहेको तथ्य फोटो र भिडिओहरूबाट खुलेको अर्यालले उल्लेख गरेका छन् । सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनावद्ध हो कि भन्ने आशंकालाई बढाएको उनको भनाइ छ ।

प्रतिवेदनमा भनिएको छ, ‘२३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन् । तर, दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ ।

रास्वपा २०८४ मा मतबाटै निलो क्रान्ति गर्ने योजनामा रहेको तर जनेजीले रातो क्रान्ति गरिदिएको टिप्पणीसमेत प्रतिवेदनमा गरिएको छ । जेनजी आन्दोलनको म्यान्डेट र भावनालाई संस्थागत गर्न भने बाँकी रहेको भन्दै प्रतिवेदनमा त्यसको पहिलो र अनिवार्य प्रक्रिया निर्वाचन नै भएको निष्कर्ष निकालिएको छ ।

कार्यवाहक सभापति अर्यालले जेनजी आन्दोलनको बलमा बनेको दलविहीन अन्तरिम सरकारलाई बाध्यताको उपज भनेका छन् ।