Close

Recent Posts

चीनले चिप्स निर्यात प्रतिबन्ध हटाउँदा युरोपका गाडी उत्पादक कम्पनीलाई राहत

चीनले चिप्स निर्यात प्रतिबन्ध हटाउँदा युरोपका गाडी उत्पादक कम्पनीलाई राहत
  • २५ कार्तिक २०८२, सोमबार १९:२०

काठमाडौं– चीनले गाडी उत्पादनमा अत्यावश्यक मानिने कम्प्युटर चिप्स निर्यात माथिको प्रतिबन्ध हटाएको छ । बेइजिङ र द हेगबीचको भू–राजनीतिक विवादको केन्द्रमा रहेका डच चिप निर्माता नेक्स्पेरियाद्वारा उत्पादित चिप्समाथिको निर्यात प्रतिबन्ध चीनले हटाएको हो।

mulpatra

यो निर्णय दक्षिण कोरियाको बुसानमा सम्पन्न एपेक सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको व्यापारिक सहमतिपछि आएको हो ।

सेमिकन्डक्टर आपूर्तिमा भएको यो तनावले विश्वका विभिन्न महादेशमा गाडी उत्पादन रोकिने खतरा सिर्जना गरेको थियो। तर पछिल्लो यो निर्णयले युरोपमा उत्पादन प्रभावित हुने आशङ्का गरेका गाडी उत्पादक कम्पनीहरूलाई राहत मिलेको छ ।

mulpatra mulpatra mulpatra

यो समाधान अटोमोटिभ उद्योगभित्र बढ्दै गइरहेको चिन्ताको बीचमा आएको हो, जहाँ निर्माताहरूले मौजुदा चिप्स भण्डारणले उत्पादनलाई केही हप्ताभन्दा बढी टिकाउन नसक्ने चेतावनी दिएका थिए।

गत अक्टोबरको सुरुमा चीनको वाणिज्य मन्त्रालयले आपतकालीन अधिकार प्रयोग गरी डच सरकारले नेक्स्पेरियाको नियन्त्रण लिएपछि लगाएको निर्यात प्रतिबन्धले सेमिकन्डक्टर आपूर्तिमा गम्भीर संकट निम्त्याएको थियो। यी चिप्स प्रविधिक रूपमा परिपक्व भए पनि आधुनिक सवारीसाधन संरचनाका लागि अत्यावश्यक रहेका छन्।

यससँगै, चीनले अमेरिकातर्फ हुने केही सेमिकन्डक्टर उद्योगका अत्यावश्यक सामग्रीहरूको निर्यात प्रतिबन्ध पनि स्थगित गरेको छ।

Image Source: © https://mulpatra.com

अक्टोबरमा नेदरल्याण्ड्स सरकारले नेक्स्पेरियाको नियन्त्रण लिएर यूरोपमा गाडी तथा अन्य वस्तुका लागि आवश्यक सेमिकन्डक्टर आपूर्ति सुरक्षित गर्ने प्रयास गरेको थियो। नेक्स्पेरिया नेदरल्याण्ड्समा आधारित भए पनि, यसको स्वामित्व चिनियाँ कम्पनी विङटेकसँग रहेको छ।

यसको प्रतिक्रियास्वरूप, चीनले कम्पनीका तयार चिप्सहरूको निर्यात रोकिएको थियो। तर यस महिनाको सुरुवातमा चीनले अमेरिका–चीनबीच भएको व्यापार सम्झौताअनुसार उक्त प्रतिबन्ध क्रमशः फुकुवा गर्न सुरु गर्ने जनाएको थियो।

नेक्स्पेरिया नेदरल्याण्ड्समा आधारित भए पनि, युरोपमा उत्पादित करिब ७० प्रतिशत चिप्स चीन पठाइन्छन्, जहाँ तिनको अन्तिम प्रक्रिया पूरा गरी पुनः अन्य देशहरूमा निर्यात गरिन्छ।

आइतबार मात्रै चीनले केही दुर्लभ धातु र लिथियम ब्याट्रीसम्बन्धी अन्य निर्यात प्रतिबन्धहरू पनि स्थगित गर्ने घोषणा गरेको थियो।