Close

Recent Posts

उत्पादनमूलक क्षेत्रका लागि मंसिर पहिलो साताबाट कोरियान भाषा परिक्षा सञ्चालन, ६७ हजारको आवेदन

उत्पादनमूलक क्षेत्रका लागि मंसिर पहिलो साताबाट कोरियान भाषा परिक्षा सञ्चालन, ६७ हजारको आवेदन
  • २६ कार्तिक २०८२, मंगलवार १०:०८

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत मंसिर १ बाट उत्पादनमूलक क्षेत्रको कोरियान भाषा परिक्षाा सञ्चालन हुने भएको छ ।

mulpatra

कोरियान भाषा परिक्षामा सहभागि हुन १ लाख २ हजार ५१५ परीक्षार्थीले आवेदन दिएकोमा पहिलो चरणमा उत्पादनमूलक क्षेत्रका ६७ हजारलाई प्राथमिकतामा परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा परीक्षाथीको संख्या ३५ हजारले आवेदन भरेको थिए । उनीहरुको भने मंसिरभित्र परिक्षा सञ्चालन गर्नेगरी छलफल भइरहेको विभागले जनाएको छ । भाषा परीक्षाको सूचना कोरिया र नेपालले एकै पटक सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

mulpatra mulpatra mulpatra

कोरिया भाषा परिक्षा कम्तिमा साढे दुई महिना सञ्चालन हुने विभागले जनाएको छ । तत्काल परीक्षा नगरे रोष्टर खाली भएर नेपालको कोटा अन्य देशमा जाने सम्भावना भएको कारण परिक्षा सञ्चालन गर्न लागिएको हो ।

मानव संशान बोर्ड (एचआरडी) कोरियाले यही कात्तिक २० देखि नेपालका लागि भाषा परीक्षा गराउने गरी अनौपचारिक मिति तय गरेर सूचना दिए पनि नेपालको अवस्थाका कारण परीक्षा केहीपछि सरेको थियो । । कोरियाले आफ्ना १७ इपिएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी कामदार माग गर्दै आएको छ ।

नेपालको आन्तरिक कारण भाषा परीक्षामा ढिलाइ भए नेपाललाई कोरियाले दिँदै आएको कोटा अन्य देशमा जाने सम्भावना समेत रहेको छ ।

Image Source: © https://mulpatra.com

कोरियाले पछिल्लो समय नेपाली युवालाई प्राथमिकतामा राखेर छनोट गरिरहेका कारण गत वर्ष र चालु वर्षमा ठूलो संख्यामा युवा कोरिया प्रवेश गरिसकेका छन् । सेवा सुविधाका दृष्टिकोणले कोरिया आकर्षक श्रम गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ ।