विहारमा १२२ सिटका लागि विधानसभा निर्वाचन
काठमाडौँ । नेपालसँग सिमाना जोडिएको भारतको बिहारमा आज अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । १२२ सिटका लागि हुन लागेको निर्वाचनमा १ हजार ३ सय २ उम्मेदवार चुनावीमैदानमा छन् ।

४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् ।
नेपालको विहारसँग सिमाना जोडिएका नाका निर्वाचनका लागि बन्द गरिएको छ । नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायतका जिल्लामा मतदान हुन लागेको हो ।
![]() |
![]() |
![]() |
|---|



