उपेन्द्र यादवले गरे एकताका लागि अशोक राईलाई प्रस्ताव, छलफलमा राई

उपेन्द्र यादवले गरे एकताका लागि अशोक राईलाई प्रस्ताव, छलफलमा राई
  • २६ कार्तिक २०८२, मंगलवार १६:०७

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईलाई प्रस्ताव गरेका छन् । जसपा नेपालबाट पार्टी एकताका लागि प्रस्ताव आएको विषय जसपाका महासचिव इस्तियाक राईले स्वीकार गरेका छन् ।

mulpatra

२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए ।डेढ वर्षपछि यादवले राईलाई एकताका लागि प्रस्ताव गरेका हुन् । घर फर्क अभियान सञ्चालन गरेका यादवले पार्टीका शीर्ष नेताहरुलाई पठाएर जसपा अध्यक्ष राइलाई एकताका लागि प्रस्ताव गरेका हुन् ।

कात्तिक २० गते सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि एकता र सहकार्यको बारेमा छलफल भएको थियो । कुन पार्टीसँग एकता गर्ने वा नगर्ने विषयमा अगामी कार्यकारिणी समितिको बैठकले गर्ने बताइएको छ ।

mulpatra mulpatra mulpatra

यता जसपा नेपालले अशोक राईको पार्टीलाई मात्र नभई महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसँग पनि एकताका लागि पहल थालेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबिच नियमित छलफल भइरहेको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालदेखि विभिन्न समयमा पार्टीका छाडेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई जसपा नेपालमा गोलबद्ध हुन आग्रह गरिएको छ ।