अनुमतिविना खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङ विदेश भ्रमण र उपत्यका समेत छाड्न नसक्ने भएका छन् । उच्चस्तरीय जाँचबुझ आयोगले खापुङलाई विदेश भ्रमण रोक लगाउँदै स्वीकृती वेगर उपत्यका छोड्न समेत रोक लगाएको छ ।

७५ जनाको ज्यान जाने गरि भएको २३ र २४ भदौमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले यस्तो निर्णय गरेको हो। बयानमा जुनसुकै वेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीविना उपत्यका छाड्नसमेत नदिने निर्णय भएको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङले आजै मात्र अवकास पाएका थिए । अवकाश पाएकै दिन खापुङलाई रोक लगाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले यस अघि पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उक्त आदेश दिएको छ ।
![]() |
![]() |
![]() |
|---|




