Close

Recent Posts

सहज भयो मतदाता नामावलीमा नाम दर्ता गर्न

सहज भयो मतदाता नामावलीमा नाम दर्ता गर्न
  • २८ कार्तिक २०८२, बिहीबार १४:२७

काठमाडौँ। मतदाता नामावलीमा नाम लेखाउन झन्झट व्यहोरिरहेकाहरुलाई निर्वाचन आयोगले सहज बनाएको छ । आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाउँदै राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण भरिरहनु नपर्ने भएको हो ।

mulpatra

राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने भएपछि सो सम्भव भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

यसले राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई मतदाता नाम लेखाउन भरेको निवेदनमा ल्याएर जोड्ने भएकाले सहज हुने बताइएको छ ।

यो प्रक्रियाले नामावली दर्ताका लागि विभिन्न कार्यालयमा गएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउँदै सर्वसुलव बनाउने र यसले राष्ट्रिय परिचयपत्र बनाएर विदेश गएकाहरुले समेत अनलाइनमार्फत आवेदन दिन सक्ने बताए।