पोर्चुगलमा बन्द भयो कामदार भिसा
काठमाडौँ । पोर्चुगलमा कामका लागि दिँदै आएको कामदार भिसा त्यहाँको सरकारले रोकेको छ । पोर्चुगल सरकारले उच्च दक्ष कामदार मात्र लाने र सो बाहेकका कामदारको भिसा जारी नगर्ने निर्णय गरेको छ।

पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावास ले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको छ । पोर्चुगल सरकारले अक्टोबर २३ तारिखदेखि लागू हुने गरी कामदार भिसा बन्द गरेको जनाएको छ ।
कामदार भिसा बन्द गरेपनि नेपाल र मध्यपूर्वका मुलुकबाट पोर्चुगलमा रोजगारीका अवसर देखाएर ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै सावधानी अपनाउन, कसैको बहकाउमा नपरी, यस्ता अवैध गतिविधिबाट टाढा रहन र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
