राजदूत क्षेत्रीले कुटनीतिक पहल नगर्दा २ महिनादेखि यूएईको रोजगारी बन्द, ५० हजार बढी डिमाण्डको म्याद सकिदैव्यवसायीकै पहलमा केही क्षेत्रमा भिसा इष्यु
काठमाडौं– गत भदौ २१ गतेबाट यूएईले नेपालीलाई वार्किङ र भिजिट भिसा दिन रोक लगाएको छ । २३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ ।

उक्त देशले वार्किङ र भिजिट भिसा दिन एकाएक किन रोक लगायो भन्नेबारे औपचारिक रूपमा जानकारी नेपाललाई अहिलेसम्म गराएको छैन । यूएई नोभेम्बर १५ देखि नेपाली कामदारलाई दिदै आएको भिसा खुलाउने चर्चा भइरहेको छ । यूएईले केही निर्माण र सरकार प्रोजेटको भिसा भने सामान्य रुपमा जारी गर्न थालेको छ ।
यूएईस्थिथत नेपाली राजदूत तेजबहादुर क्षत्रीले भिसामा भएको रोकावटबारे दूतावासलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिदै आएका छन् । उनले कुटनीतिक पहल नगर्दा यूएईको रोजगारी करिब २ महिना बन्द भयो । क्षेत्रीले परराष्ट्रले कुटनीतिक पहल गर्ने दिएको निर्देशनअनुसार कुटनीतिक छलफल गर्न नसक्दा यूएईको रोजगारी २ महिनाभन्दा बढी रोकियो ।
वर्किङ भिसाका लागि समेत कडाइ गरेको छ । तत्कालको प्रहरी रिपोर्टका आधारमा यसअघि नै भिसा जारी भइसकेका मात्रै जान सकिरहेका छन् भने नयाँ माग ल्याएर जान पाइरहेका छैनन् । यस विषयमा क्षेत्रीले चासो नदिँदा यूएईको रोजगारीमा समस्या देखिएको एक म्यानपावर व्यवसायी आरोप लगाए । उनका अनुसार क्षेत्रीले यूएईको रोजगारी खुलाउन कुनै कुटनीतिक पहल नगर्दा त्यहाँको भिसामा समस्या देखिएको हो ।
नेपालमा विकसित राजनीतिक घटनाक्रम र यूएईमा बढ्दो नेपालीको समस्यालाई मध्यनजर गरेर भिसामा अस्थायी प्रतिबन्ध लगाएको चर्चा म्यानपावर व्यवसायीले बताउँदै आएका थिए । परराष्ट्रका एक कर्मचारीका अनुसार यूएईका राजदूत क्षेत्रीले कुटनीतिक पहल र नेपालमा घटेको राजनीतिक घटनाका विषयमा यूएई सरकारलाई बुझाउन नसक्दा भिसा प्रक्रियामा समस्या देखिएको हो । यसमा उनीसँग पटक–पटक जवाफ समेत मागेपनि केही प्रक्रिया नदिएको परारष्ट्र स्रोतले जनाएको छ ।
यूएई सरकारले नोभेम्बर १३ देखि औपचारिक रुपमा वार्किङ भिसा जारी गर्न थालेको छ । तर दूतावासले यस विषयमा केही जानकारी सरकारलाई गराएको छैन ।
यूएईको श्रम मन्त्रालयबाट श्रम अनुमति (मोल) पाइसकेका ४ हजारभन्दा बढी श्रमिकले भिसा पाउन सकेका छैनन् । भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएका थिए । तर, असोजमा भने ३३ हजार २ सय ६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । यसको मुख्य कारण भनेको नेपालमा जेनजी आन्दोलनपछि त्रास नै भएको पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यूएईस्थित नेपाली राजदूतावासले यसबारे औपचारिक जानकारी भने दिएको थिएन । अनौपचारिक रूपमा भने दूतावासका अधिकारीहरुले भिजिट भिसामा कडाइ गरेको मात्र बताउँदै आएका थिए ।
नेपाली कामदारका लागि प्रमुख गन्तव्य देशहरू कतार, साउदी र मलेसियामा श्रम अवसर क्रमशः घट्दो क्रममा रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । दैनिक करिब २३ सय लेबर एप्रुभल हुने अवस्था घटेर १२ सयदेखि १३ सयमा झरेको छ ।
नेपालबाट भिजिट भिसामार्फत जाने र उताबाट अन्य देशमा घरेलु कामदारको रूपमा जाने गरेको पनि पाइएको छ , नेपालबाट सबैभन्दा बढी भिजिट भिसामार्फत यूएई जाने गरेका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको सरकारी अनुमान छ ।
वार्षिक ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ ।
