Close

Recent Posts

यूएईबाट भिसा इष्यु सुरु भयो, परराष्ट्रकै पहलमा रोजगारी खुलेपछि जस लिन राजदूत क्षेत्रीको अग्रसरता

यूएईबाट भिसा इष्यु सुरु भयो, परराष्ट्रकै पहलमा रोजगारी खुलेपछि जस लिन राजदूत क्षेत्रीको अग्रसरता
  • २९ कार्तिक २०८२, शुक्रबार १०:३९

काठमाडौं– भदौ २१ गतेबाट यूएईले नेपालीलाई वार्किङ र भिजिट भिसा दिन रोक लगाएको छ । २३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको थियो ।

mulpatra

तर यूएईले केही क्षेत्रका लागि भने भिसा खुलाएको छ । करिब दुई महिनापछि युएईले नेपाली कामदारको भिसा जारी गर्न सुरुवात गरेको छ । वैदेशिक रोजगार व्यवसायी नरेन्द्र ढकालका अनुसार यूएईको केही क्षेत्रमा यही साताले भिसाको काम सुरु भएको हो ।

बिहीबार अर्थात् १३ तारिकदेखि कामदारको भिसा जारी भएको उनले जानकारी दिए । युएईले नेपाली कामदारको भिसा रोकेको औपचारिक रूपमा नेपाललाई जानकारी दिएको थिएन । जेनजी आन्दोलनपछि युएईमा हाल फ्रि जोन र अर्ध सरकारी गरी दुई क्षेत्रमा मात्रै नेपाली कामदारका लागि भिसा जारी गरिएको थियो ।

mulpatra mulpatra mulpatra

संस्थागत अर्थात म्यानपावर कम्पनीबाट पेस भएका फाइलमा भिसा जारी भएको भएपनि भिजिट भिसामा युएई गएकाहरूको भने भिसा स्टाटस परिवर्तन नभएको बताइएको छ ।

नेपाली कामदारका लागि भिसा रोकेको जानकारी कूटनैतिक माध्यमबाट जानकारी नपाएको भन्दै नेपाली पक्ष पर्खेर बसेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीले कूटनैतिक पहल गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएकी थिइन् ।

यूएईको भिसासम्बन्धी व्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउन नेपालस्थित सम्बन्धित देशका राजदूतहरूसँग छलफल सुरु गरिएको र परिस्थिति सकारात्मक भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिए । उनले यूएईको रोजगारीमा समस्या समाधान गर्न परराष्ट्रले एक महिनादेखि कुटनीटिक पहल सुरु गरेको बताए ।

Image Source: © https://mulpatra.com

युएई नेपाली कामदारको प्रमुख गन्तव्य हो । अघिल्लो महिना भदौमा नयाँ २० हजार र रिइन्ट्री समेत गरी २५ हजार भन्दा बढी नेपाली कामदार गएका थिए । असोज र कात्तिक दुई महिना भने युएई जाने क्रम लगभग ठप्पको अवस्था छ ।

भिसा जारी नभएको अवस्थाले नेपालले लामो समयका लागि प्रमुख रोजगार गन्तव्य गुमाउन सक्ने खतरा बढेकोमा म्यानतपावरले व्यवसायीले गुनासो गदै आएका थिए ।

यूएईस्थिथत नेपाली राजदूत तेजबहादुर क्षत्रीले भिसामा भएको रोकावटबारे दूतावासलाई ‍औपचारिक जानकारी नभएको प्रतिक्रिया दिदै आएका छन् । उनले कुटनीतिक पहल नगर्दा यूएईको रोजगारी करिब २ महिना बन्द भयो । क्षेत्रीले परराष्ट्रले कुटनीतिक पहल गर्ने दिएको निर्देशनअनुसार कुटनीतिक छलफल गर्न नसक्दा यूएईको रोजगारी २ महिनाभन्दा बढी रोकियो ।

वर्किङ भिसाका लागि समेत कडाइ गरेको छ । तत्कालको प्रहरी रिपोर्टका आधारमा यसअघि नै भिसा जारी भइसकेका मात्रै जान सकिरहेका छन् भने नयाँ माग ल्याएर जान पाइरहेका छैनन् । यस विषयमा क्षेत्रीले चासो नदिँदा यूएईको रोजगारीमा समस्या देखिएको एक म्यानपावर व्यवसायी आरोप लगाए । उनका अनुसार क्षेत्रीले यूएईको रोजगारी खुलाउन कुनै कुटनीतिक पहल नगर्दा त्यहाँको भिसामा समस्या देखिएको हो ।

परराष्ट्रकै पहलमा यूएईको रोजगारी खुलेपछि राजदूत क्षेत्रीले काम देखाउन आफनो सक्रियता देखाउन खोजेका छन् । उनले दुई महिनासम्म यूएईको रोजगारी बन्द हुँदा वेवास्ता र कुटनीतिक पहल गर्न नसकेको परराष्ट्रकै कर्मचारीको आरोप छ ।