Close

Recent Posts

प्रसाईँको दाबी: जेन–जी आन्दोलनको विध्वंसकाे मुख्य योजनाकार सुशीला र ओमप्रकाश

प्रसाईँको दाबी:  जेन–जी आन्दोलनको विध्वंसकाे मुख्य योजनाकार सुशीला र ओमप्रकाश
  • २ मंसिर २०८२, सोमबार १६:५२

काठमाडौं– ‘मातृभूमि बचाउ’ अभियानमार्फत मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका अभियन्ता दुर्गा प्रसाईँले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।

mulpatra

आन्दोलनका कार्यक्रमबारे जानकारी दिन र प्रमाण खुलासा गर्न भनेर आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईँले विभिन्न भिडिओ क्लिप तथा अडिओ समेत सार्वजनिक गर्दै जेन–जी अप्रेसन सेन्टरमा बसेर सबै सम्पदामा आगो लगाउने सन्देश प्रवाह गरिएको आरोप लगाए ।

प्रसाईँले जेन–जी आन्दोलनको डिजाइन पश्चिमा देशहरूको लगानीमा चलेका एनजीओ आईएनजीओसहित विभिन्न संस्थाले गरेको र त्यसमा बारबारा फाउण्डेसनलगायत प्रत्यक्ष संलग्न रहेको दाबी गरे । उनले सिंहदरबारलगायत राष्ट्रिय सम्पदा जलाउनेदेखि जेन–जीको प्रदर्शनमा घुसपैठ गरेर गोली चल्ने वातावरण बनाउने योजना पहिले नै तय भएको दावी समेत गरेका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईँले यो सबै घटनाहरुमा पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ, डा.गोविन्द केसी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंह, डा. सन्दुक रुइतलगायतको भूमिका रहेको बताएका छन् । उनले सिंहदरबार जलिसकेपछि मिसन पूरा भयो धन्यवाद बालेन ! भनेको भिडिओ समेत सार्वजनिक गर्दै भदौ २४ को आगजनीमा मेयर बालेन शाह, रास्वपाकी तत्कालीन सांसद डा. तोसिमा कार्की, सुमना श्रेठ, जेनजी अभियन्ता रक्षा बम, सुधन गुरुङसहित १५ जनाको हात रहेको आरोप लगाएका छन् ।