थाइल्यान्डबाट ३७ नेपालीको उद्धार गरि फर्कायो, २९ को उद्धार हुँदै

थाइल्यान्डबाट ३७ नेपालीको उद्धार गरि फर्कायो, २९ को उद्धार हुँदै
  • ४ मंसिर २०८२, बुधबार १६:४८

काठमाडौं– वैदेशिक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगेका तीन दर्जन नेपालीको नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी नेपाल पठाएको छ । अक्टोबर १९ मा स्क्यामिङ्ग केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भाग्ने क्रममा थाइल्याण्ड प्रवेश गरेका थिए । उनीहरूलाई नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी बुधबार नेपाल एयरलाइन्सको उडान नं. आरए४०२ मार्फत नेपाल फर्काएको हो ।

mulpatra

दूतावासका अनुसार ३७ जना नेपाली म्यान्मारमा अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका थिए । त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्यान्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।