जहाजमा पनि हात र खुट्टा नै बाँधेर ३५ नेपाली अमेरिकाबाट नेपाल ल्याइयो

जहाजमा पनि हात र खुट्टा नै बाँधेर ३५ नेपाली अमेरिकाबाट नेपाल ल्याइयो
  • ५ मंसिर २०८२, बिहीबार १४:२५

काठमाडौं– अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली मंगलबार राति अमानवीय व्यवहारसहित नेपाल फिर्ता गरिएको छ ।

mulpatra

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा सोधपुछपछि उनीहरू आ–आफ्नो घर फर्किएका छन् । फर्किने क्रममा आफ्ना सामान बोरामा हालेर ल्याइएको, अमेरिकाबाट जहाजमा चढेदेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो ।

हात र खुट्टा नै बाँधिएका कारण जहाजमा राम्रोसँग सुत्न नपाएको गुनासो गरेका थिए । सोमबार फर्काइएकामा ३६ वर्षीया शाह थरकी एक्ली महिला छन्, त्यस्तै १९ वर्षीय किशोर पनि छन् । डिपोर्ट गरिएकामध्ये केही विद्यार्थी उमेरका नेपाली छन् ।

फर्किएका ३५ मध्ये सबै तल्लो बाटो, अर्थात् ‘डंकी रुट’ प्रयोग गरेका थिए । सबैले विभिन्न दलाललाई पैसा बुझाएका थिए । तर, ती दलाल को–को हुन् भन्नेबारे केही बताउन नचाहेको प्रहरीले बताएको छ ।