Close

Recent Posts

राष्ट्र बैंकले जारी गरेको डीएसआईबी फ्रेमवर्क २०२५ कति आवश्यक। ठूला बैंकलाई नियमन गरिने

राष्ट्र बैंकले जारी गरेको डीएसआईबी फ्रेमवर्क २०२५ कति आवश्यक। ठूला बैंकलाई नियमन गरिने
  • ११ मंसिर २०८२, बुधबार ०८:०९

काठमाडौं– बैंकिङ प्रणालीलाई जोखिमका आधारमा नियमन गर्ने प्रणालीकै एक हिस्साको रुपमा अब प्रणालीगत महत्वपूर्ण बैंक (सिस्टमेटिक इम्पोर्टेन्ट बैंक– एसआईबी) तोकिने भएको छ ।

mulpatra

बैंकिङ क्षेत्रले निम्त्याउन सक्ने प्रणालीगत जोखिम व्यवस्थापनको लागि प्रणालीगत महत्त्वपूर्ण बैंक –डोमिस्टिक सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक (डि–एसआइबी) पहिचान गर्ने उदेश्यले यो फ्रेमवर्क तयार गरिएको हो ।

नेपाल राष्ट्र बैंकले ‘आन्तरिक प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूसम्बन्धी फ्रेमवर्क, २०२५’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

mulpatra mulpatra mulpatra

वित्तीय प्रणालीलाई ज्यादा प्रभावित पार्ने किसिमका ठूला बैंकलाई अतिरिक्त नियमन गर्नुपर्ने बुझाइमा संसारभर यस्तो अभ्यास सुरु भएको हो । यस्ता बैंकलाई थप पुँजी प्रबन्ध गर्नुपर्ने भनेर बासेल कमिटीले १४ वर्ष अघि नै सुझाएको थियो ।

नेपाल राष्ट्र बैंकले पनि पहिलो पल्ट आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमा एसआईबी तोक्ने र अतिरिक्त नियमन गर्ने कुरा उल्लेख गरेको थियो । तत्कालिन गभर्नर डा. चीरञ्जीवी नेपालले आफ्नो पहिलो मौद्रिक नीतिमा एकातिर बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूँजी ४ गुणासम्म बढाउनु पर्ने व्यवस्था अघि सारेका थिए भने अर्कातिर एसआईबी तोकेर ठूला बैंकमाथि अतिरिक्त नियमन गर्ने प्रस्ताव अघि सारेका थिए ।

मौद्रिक नीतिमा यस्तो घोषणा भएको १० वर्षपछि बल्लतल्ल प्रणालीगत महत्त्वपूर्ण बैंकका रुपमा वर्गीकरण गर्ने मापदण्ड तयार भएको राष्ट्र बैंकले जनाएको छ ।

Image Source: © https://mulpatra.com

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एउटा सूचना प्रकाशित गरी ‘डी–एसआईबी फ्रेमवर्क’ जारी गरिएको भन्दै सबै वाणिज्य बैंकलाई सोही अनुरुप गर्नू भनेर निर्देशन दिएको छ ।

फ्रेमवर्कले सन् २०२६ को अगष्ट अन्तिम अर्थात् आगामी साउन मध्येसम्ममा वाणिज्य बैंकहरूको वर्गीकरण गर्न तथ्यांक लिइने, सेप्टेम्बर अन्तिम (असोज मध्ये)सम्ममा बैंकहरूको सूचकको आधारमा अंक (स्कोर) दिइने र अक्टोबर अन्त्य (कार्तिक मध्ये)मा यस्ता बैंकको नाम सार्वजनिक गरेर आवश्यक पुँजीकोष राख्न निर्देशन दिइने उल्लेख छ ।

यसरी वर्गीकरण गरिएसँगै बैंकहरूले सन् २०२७ (२०८३ पुस)बाट ठूला र महत्वपूर्ण ठानिएका बैंकहरुले अहिलेभन्दा बढीको पुँजीकोष राख्नैपर्ने व्यवस्था गरिएको छ।

सन् २००८ को विश्वव्यापी वित्तीय संकटबाट पाठ सिकेर लेखा प्रणालीमा सुधार गर्नेदेखि जोखिमआधारित नियमनको अभ्यास थालनी भएको थियो । वित्तीय प्रणालीमा पनि बढी जोखिम लिएका बैंकहरुलाई बढी नियमन हुनुपर्छ भन्ने मान्यताबाट यस्तो अभ्यास गरिन लागिएको हो ।

केन्द्रीय बैंकले पहिलोपटक देशभित्रका आन्तरिक प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंक (डी–एसआईबी) पहिचान गरी उनीहरूलाई अतिरिक्त नियमन गर्ने उद्देश्यले यो फ्रेमवर्क लागू गरिएको छ ।

फ्रेमवर्कले सर्वाधिक कर्जा प्रवाह गर्ने बैंक, वित्तीय प्रणालीकै अरु संस्थासँग ज्यादा अन्तरआवद्धता भएका बैंक, दिगो पन र कारोबारको जटिलताहरुलाई हेरेर भिन्नभिन्न सूचकमार्फत् ‘डी–एसआईबी’को वर्गीकरण गर्ने छ ।