Close

Recent Posts

कतै हिउँले रमाइलो कतै सडक अवरुद्ध

कतै हिउँले रमाइलो कतै सडक अवरुद्ध
  • ११ माघ २०८२, शनिबार ११:०२

काठमाडौं । देशका पश्चिमी क्षेत्रका केही जिल्लाहरुमा बर्षा र हिमपात भएको छ । पश्चिमका पहाडी भागमा परेको हिउँको कारण मध्यपहाडी राजमार्ग समेत अवरुद्ध भएको छ । पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

mulpatra

बझाङमा शुक्रबार रातिदेखि हिमपात भएको छ । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपातसँगै हल्का वर्षा भएको छ ।
रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ ।

हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरालगायतका जिल्लामा हिमपात भएको छ । गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो ।

mulpatra mulpatra mulpatra

हिमपात भएसँगै नाम्खा गाउँपालिका र त्यहाँबाट हिल्सा जाने बाटो पूर्णरूपमा बन्द भएको छ ।

त्यस्तै बैतडीको उच्च क्षेत्र खोड्पे, श्रीभावर, सतबाँझलगायतका क्षेत्रमा हिमपात भएको छ ।

दार्चुलाको व्यास र अपिहिमाल क्षेत्र तथा डडेल्धुराको सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको छ ।

Image Source: © https://mulpatra.com

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका आज रातिसम्म हिउँ पर्न सक्ने सम्भावना रहेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com