यूएई रोजगारी र भिजिट भिसामा जाने नेपाली कामदारका हकमा प्रहरी रिपोर्ट अनिवार्य
काठमाडौं– यूूएई वैदेशिक रोजगारी र भिजिट भिसामा जाने नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम लागू गरेको छ । यूएईले भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सुरक्षा कारण देखाई नेपालीका लागि भिजिट र श्रम भिसा जारी गर्न बन्द गरेको थियो ।

काठमाडौंस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । भिसा बन्द हुँदा यूएई सरकारबाटै वर्क परमिट (श्रम अनुमति) जारी गरिएका झन्डै ५ हजार नेपाली श्रमिक रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदैछ ।
यूएई दूतावासले अहिले भने सबै प्रकारका भिसा खुल्ला गरिएको जानकारी दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरी रिपोर्ट लिई नेपालीका लागि भिसा खुल्ला गर्न नेपाल सरकारलाई अनुरोध गर्दै आएको थियो । यसको औपचारिक जानकारी भने नेपाललाई दिएको थिएन ।
![]() |
![]() |
![]() |
|---|



