हङकङको एक हाउजिङ कम्प्लेक्समा लागेको आगो नियन्त्रण बाहिर ४४ जनाको मृत्यु, २७९ अझै बेपत्ता
काठमाडौं– हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा लागेको आगो अझै निभेको छैन । धेरैजसो वृद्ध बासिन्दा रहने उक्त कम्प्लेक्सका केही भवनहरू अझै पनि जलिरहेका छन्। यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा घातक आगलागी भएको बताइएको छ ।

स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेटमा हङकङको उक्त कम्प्लेक्समा आगलागी हुँदा अहिले सम्म ४४ जनाले ज्यान गुमाइ सकेका छन् भने धेरैको अवस्था अभरै अज्ञात छ । आगलागीबाट ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने २७९ जनाको अवस्था अझै अज्ञात रहेकोले उद्धारकर्मीहरूले सयौँ हराएका मानिसहरूको खोजी गरिरहेका छन् ।
हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ भने निर्माण कम्पनीका दुई निर्देशक र एक सल्लाहकार सहित तीन जनालाई आगलागीसँग सम्बन्धित गैरइरादतन हत्याको आशंकामा पक्राउ गरिएको छ। प्रहरीले तिन जनामाथि गंभीर लापरवाही गरेको आरोप लगाएको छ।
![]() |
![]() |
![]() |
|---|



