Close

Recent Posts

ट्रम्पले अघि सारे तेस्रो देश हुँदै अमेरिका आउने आप्रवासीलाई रोक लगाउन नीति

ट्रम्पले अघि सारे तेस्रो देश हुँदै अमेरिका आउने आप्रवासीलाई रोक लगाउन नीति
  • १४ मंसिर २०८२, शनिबार ०८:१४

काठमाडौं– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व (आर्थिक रूपमा कम विकसित मुलुक) बाट आउने आप्रवासन स्थायी रूपमा रोक्ने चेतावानी दिएका छन् ।

mulpatra

बुधबार ह्वाइट हाउस नजिकै अफगानी नागरिकद्वारा २ राष्ट्रिय गार्डको हत्यापछि ट्रम्पले यस्तो कडा प्रतिक्रिया दिएका हुन् । ट्रम्पले बिहिबार साँझ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत आप्रवासनमाथि कडा कारबाही गर्ने व्यापक योजनाको घोषणा गर्दै यस्तो बताएका हुन् ।

वर्तमान नीतिले राष्ट्रिय प्रगतिलाई कमजोर बनाएको भन्दै उनले अमेरिकी प्रणालीलाई पूर्ण रूपमा पुनस्थापित गर्न अनुमति दिन सबै तेस्रो विश्व देशहरूबाट हुने बसाइँसराइलाई स्थायी रूपमा रोक्ने बताएका हुन् ।

mulpatra mulpatra mulpatra

यस्तै उनले अमेरिकी व्यवस्था पुनःस्थापित गर्न ‘रिभर्स माइग्रेशन’ (उल्टो आप्रवासन)” सुरू गर्ने घोषणा समेत गरे।
उनले पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा अवैध रूपमा प्रवेश गराइएका लाखौँ आप्रवासीलाई रद्द गर्ने घोषणा गर्दै बाइडेनको “अटोपेन” मार्फत स्वीकृत गरिएका व्यक्तिहरूलाई पनि हटाइने चेतावनी दिए।

अमेरिकाको ‘नेट एसेट’ नबनेका तथा “देशप्रेम गर्न असमर्थ” मानिएका कुनै पनि गैर नागरिकलाई हटाइने बताए। ‘अवैध र अव्यवस्थित जनसंख्या वृद्धि’ रोक्न एकमात्र उपाय “रिभर्स माइग्रेशन” भएको उनले दाबी गरे।

ट्रम्पले गैर–नागरिकहरूका सबै संघीय सुविधा बन्द गर्ने, आन्तरिक शान्ति अवमूल्यन गर्ने व्यक्तिहरूलाई नागरिकता खारेज गर्ने र सार्वजनिक बोझ, सुरक्षा जोखिम वा ‘पाश्चात्य सभ्यतासँग असंगत’ मानिने सबै विदेशी नागरिकलाई देशनिकाला गर्ने योजना पनि अघि सारे।

Image Source: © https://mulpatra.com