Close

Recent Posts

५ वर्षदेखि मलेसियाको मन्दिरमा बेवारिसे अवस्थामा बसेका दिपेन्द्रलाई स्वदेश फकाइयो

५ वर्षदेखि मलेसियाको मन्दिरमा बेवारिसे अवस्थामा बसेका दिपेन्द्रलाई स्वदेश फकाइयो
  • १५ मंसिर २०८२, आईतवार ११:३१

काठमाडौं– मलेसियास्थित नेपाली राजदूतावास र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) को संयुक्त पहलमा पाँच वर्षदेखि मलेसियानै बेपत्ता अवस्थामा बसेका एक नेपालीको उद्धार गरिएको छ ।

mulpatra

केही दिनअगाडि मलेसियाको पेनाङस्थित एक मन्दिरको शरणमा बेवारिसे अवस्थामा बसोबास गरिरहेको दिपेन्द्र शर्मालाई उद्धार गरि स्वदेश फकाइएको हो । नेपाल ठेगाना राजगढ–५ मलेकपुर, सप्तरी निवासी दिपेन्द्र कुमार शर्मा ९ वर्षअघि रोजगारीका सिलसिलामा मलेसिया आएको पिएनसिसि मलेसियाका संयोजक पूर्ण सुब्बा लिम्बुले जानकारी दिए । रोजगारदाता कम्पनीले सेवा–सुविधा नदिएपछि उनले रोजगारदाता कम्पनी छोडेर अवैधानिक भई काम गर्दै आएका उनी मलेसियाकै विभिन्न मन्दिरमा बस्दै आएको उनले बताए ।

मानसिक तथा शारीरिक स्वास्थ्य अवस्था कमजोर देखिएको कारण दूतावास र एल्ऋऋ को निगरानीमा राखी सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्दै नेपाल फर्काउने प्रक्रिया अघि बढाएको थियो ।

विगत पाँच वर्षदेखि घर–परिवारसँग पूर्ण रूपमा सम्पर्कविहीन बनेका थिए। मलेसियामै कार्यरत छिमेकी दाजु शोवित दासले दिपेन्द्रको खोजी र उद्धारका लागि दूतावास र पिएनसिसिलाई अनुरोध गरेपछि दूतावास र पिएनसिसिले संयुक्त रूपमा खोजी प्रक्रिया सुरु गरेको थियो। खोजीको क्रममा पेनाङस्थित एक चाइनिज मन्दिरमा दिपेन्द्र बेवारिसे अवस्थामा फेला परेका थिए।

दूतावासको समन्वयमा पिएनसिसिका आउटरिच अफिसर सुरेश देवकोटाले १७÷११÷२०२५ का दिन मन्दिरबाट दिपेन्द्रलाई उद्धार गरी नेपाली दूतावास क्वालालम्पुरमा ल्याएका थिए।

दिपेन्द्रलाई स्वदेश फर्काउने सम्पूर्ण प्रक्रिया नेपाल दूतावास, पिएनसिसि लगायत संघसंस्थाको सहयोगमा अघि बढाइएको थियो। आवश्यक कागजपत्र दूतावासले तयार ग¥यो भने नेपाल फर्कने सम्पूर्ण खर्च दिपेन्द्रका परिवारले नै व्यहोरेका थिए।