Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

कार्कीको सरकार मैले र नेपालले बनाएको हो: प्रचण्ड

कार्कीको सरकार मैले र नेपालले बनाएको हो: प्रचण्ड
  • १५ मंसिर २०८२, आईतवार १७:३०

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

mulpatra

पोखराको चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एकजुट हुनु अत्यावश्यक भएको बताएका हुन् ।

प्रचण्डले एमाले र कांग्रेसका ’दुईतिहाइ’बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस–एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे । ’हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्न पनि दिइएन । भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न हामीसँग शक्ति पुगेन,’ उनले भने ।

mulpatra mulpatra mulpatra

’कम्युनिस्ट एकताको अभियान चुनावका लागि मात्रै होइन’

प्रचण्डले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे । ’चुनाव त हामी जित्छौँ, जित्छौँ । तर, राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,’ उनले भने ।

चुनाव २१ फागुनमै हुनुपर्छ

Image Source: © https://mulpatra.com

आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन हुनैपर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे । पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने उनले विश्वास व्यक्त गरे ।

’सरकारले जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन । यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो,’ प्रचण्डले भने ।

देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी पनि प्रचण्डले दिए । ’यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउन सक्छ,’ उनको भनाइ थियो ।