Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

‘रियल इस्टेट ब्रोकर’को लाइसेन्स लिन निवेदन दिने म्याद थपियो

‘रियल इस्टेट ब्रोकर’को लाइसेन्स लिन निवेदन दिने म्याद थपियो
  • १७ मंसिर २०८२, मंगलवार १३:१२

काठमाडौँ– भूमि व्यवस्थापन तथा अभिलेख विभागले ‘रियल इस्टेट ब्रोकर’को लाइसेन्सका लागि आवेदन दिने म्याद थप गरेको छ । सोमबार एउटा सूचना जारी गर्दै म्याद थपको जानकारी दिइएको हो ।

mulpatra

मालपोत ऐनले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरेपछि गत असोज २७ मा राजपत्रमा एउटा सूचना निकालेर पहिलो चरणमा यस्तो लाइसेन्सको कार्यान्वयन महानगरपालिका र उपमहानगरपालिकाका लागि लागू हुने व्यवस्था गरेको थियो ।

त्यसपछि भूमि व्यवस्था तथा अभिलेख विभागले कात्तिक १३ मा सूचना प्रकाशिन गरी फर्म, कम्पनी वा संस्थालाई ३० दिनभित्र निवेदन दिन भनेको थियो । त्यो म्याद मंसिर १२ मा सकिएको छ ।

mulpatra mulpatra mulpatra

यही कारण मंसिर १३ देखि १५ दिनका लागि म्याद थप गरिएको विभागले जनाएको छ । अब यही मंसिर २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।