Close

Recent Posts

युरोप रोजगारीः सरकारी मिलोमत्तोमा ठगि खाने कन्सल्टेन्सी भनाइ जति म्यानपावरमाथि

संस्थागत नखुलाउँदा ७–१५ लाख ठगि

युरोप रोजगारीः सरकारी मिलोमत्तोमा ठगि खाने कन्सल्टेन्सी भनाइ जति म्यानपावरमाथिसंस्थागत नखुलाउँदा ७–१५ लाख ठगि
  • १७ मंसिर २०८२, मंगलवार १६:११

काठमाडौं– युरोपका देश रोमानिया, पोल्याण्ड, पोर्चुगल, क्रोएसिया र माल्टालगायत देश नेपाली कामदार श्रम स्वीकृति लिएर गइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ । तर यी देशमा म्यानपावर कम्पनीले संस्थागत भन्दा पनि कन्सल्टेन्सी र व्यक्तिले व्यक्तिगत भिसामा कामदार बढी पठाउने गरेका छन् ।

mulpatra

पछिल्ला वर्षहरूमा रोमनिया, क्रोएशिया, साइप्रस, यूके, पोल्यान्ड, जर्मनी, पोर्चुगल र माल्टा सहितका देशहरूमा नेपाली कामदारहरू जाने क्रम उच्च देखिएको सरकारी तथ्यांकमा छ ।

श्रम सम्झौता नभएका युरोपियन देशमा वैकल्पिक बाटो हुँदै नेपाली रोजगारीका लागि जाने क्रम पनि बढ्दै गएको सरकारी तथ्यांकमा उल्लेख छ । युरोपका देशमा मागपत्र प्रमाणीकरणलाई सहज बनाउँदा वार्षिक एक लाख कामदार म्यानपावरमार्फत रोजगारीमा पठाउन सकिने बताउँदै आएका छन् ।

तर युरोपका धेरै श्रम गन्तव्य देशमा नेपाली दूतावास वा कूटनीतिक नियोग नहुँदा कामदारको माग प्रमाणीकरण गर्ने समस्या भइरहेको उनीहरुको गुनासो छ ।

हाल नेपाली नियोग नभएका युरोपका देश म्यानपावर कम्पनीहरूले व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउँदै आएका छन् । जसका कारण व्यक्ति र कन्सल्टेसीले व्यक्तिगत भिसामा कामदार पठाएर ठगि समेत गरिरहेको म्यानपावर व्यवसायीको आरोप छ ।
तर त्यसको दोष भने म्यानपावर अथवा उनीहरुको संस्थामाथि आउने गरेको उनीहरुकै गुनासो छ । कन्सल्टेन्सी र व्यक्तिले व्यक्तिगत भिसामा ७ देखि १५ लाखसम्म लागत खर्च लिएर कामदार पठाउने र ठगि गर्दै आएका छन् । यसको दोष जति म्यानपावरमाथि लाग्ने गरेको स्यंम व्यवसायीकै गुनासो छ ।

युरोपमा म्यानपावर व्यवसायीहरूका मागपत्र प्रमाणीकरण नहुँदा नेपाली श्रमिकहरू युरोप जानबाट वञ्चित हुँदै आएका छन् । संस्थागत रूपमा जान नपाउँदा कामदारहरु दलाललाई १० औँ लाख रुपैयाँ तिरेर युरोपका विभिन्न देशमा जान बाध्य भइरहेका छन् । यस विषयमा सरकार र व्यवसायी दुवै जानकार छन् । तर यो समस्या समाधान गर्न म्यानपावर व्यवसायीले पटक–पटक माग गर्दा पनि सरकारले वास्ता गरेन ।

वैदेशिक रोजगार विभागले विश्वका १०८ देश संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुला गरेको छ । संस्थागत र व्यक्तिगत गरी विश्वका १८६ देशमा काम गर्न नेपाली पुगेका छन् ।

जसमा युरोपका दर्जनभन्दा बढी देशमा नेपाली कामदार म्यानपावर र कन्सल्टेन्सीमार्फत कामदार गइरहेका छन् । उनीहरुलाई संस्थागत कसरी पठाउने भनेर सरकारले अहिलेसम्म योजना र श्रम सम्झौता गरेकै देश पनि कामदार पठाउने वातावरण नबनाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले अध्यक्ष जनक रावल आज गरिएको पत्रकार सम्मेलनमा आरोप लगाए ।

व्यक्तिगत र केही एजेण्टले कामदार पठाउँदा तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने, समयमा सेवा सुविधा नपाउने, तोकेको तलब नपाउने, बीमा रकम नपाउने, स्वास्थ्य सेवाबाट बञ्चित हुनेलगायत समस्याका सूची निकै लामो भएको उनले बताए । युरोपमा श्रममैत्री कानुन भएकाले पनि श्रमिकहरू श्रम शोषणमा पर्ने र कठिनपूर्ण श्रम गर्नुपर्ने अवस्था निकै कम हुन्छ । खाडी राष्ट्रहरूको तुलनामा युरोपेली मुलुकहरूमा श्रमको प्रकृति पनि सहज र कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन्छ ।’ उनले भने ।
श्रम सम्झौता नगरी र व्यक्तिगत भिसामा कामदार युरोपका देश जाँदा नेपालीले विभिन्न समस्याको सामना गर्नुपरेको छ । यसको दोष म्यानपावर व्यवसायीमा आउने गरेको उनको गुनासो छ ।

तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाउन तयारी थालेका थिए । उनले विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै गत जुलाई महिलाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको बताएका थिए ।

उनले यसो भनेको पनि ५ महिना बितेको छ । हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा स्यंम प्रधानमन्त्री सुशिला कार्कीलाई नै छ । तर श्रम मन्त्रालयको सबै काम गर्ने जिम्मा भने श्रम सचिव कृष्णहरि पुष्करले पाएका छन् ।
रोजगारी खोज्दै नेपाली पुगेको देशको संख्या १ सय ८६ नाघेको छ । तर, उनीहरूको हकहित संरक्षण निम्ति सरकारले हालसम्म १२ देशसँग मात्र श्रम सम्झौता गरेको छ । युरोपका देश जर्मनी, रोमनिया, स्पेन र सेल्सेससँग मात्र श्रम सम्झौता भएको छ । यी देश पनि नेपाली कामदार वैदेशिक रोजगारीमा जान पाएका छैन ।

नेपालले हालसम्म १२ देशसँग मात्र श्रम सम्झौता तथा समझादारी पत्र (एमओयू)ंमा हस्ताक्षर गरेको छ । कतार, दक्षिण कोरिया, बहराइन, जोर्डन, मलेसिया, जापान, मौरिसस्, युनाइटेड अरब इमिरेट्स (यूएई), इजरायल, बेलायत, रोमानिया र जर्मनी हुन् । जसमा रोमानिया र जर्मनीसँग श्रम सम्झौता भएपनि सरकारले कामदार पठाउने वातावरण नबनाउँदा वैदेशिक रोजगारीका अवसर गुम्ने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको आरोप छ ।

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकको छाप राम्रो भएपनि सरकारकै कारण युरोपको रोजगारीमा संस्थागत पठाउन समस्या भएको उनले बताए । उनले भने, ‘त्यहीकारण पनि युरोपको श्रम बजारमा नेपाली श्रमिकको माग बिस्तारै बढ्न थालेको छ । साथै कामको प्रकृति पनि सहज र सुरक्षित हुने भएकाले श्रमिकहरूको आकर्षण युरोपतर्फ बढ्दो छ ।’

मलेसिया र खाडी राष्ट्रहरू भन्दा युरोपमा राम्रो कमाइ र श्रमिकको अधिकार सुनिश्चित भएकाले युवाहरूको रोजाइमा युरोप परेको उनको भनाइ छ । युरोपमा प्रविधि हुने भएकाले खाडीजस्तो कठोर श्रम नहुने उनले जानकारी दिए ।

सरकार–सरकार (जीटूजी) सम्झौताहरूमा आप्रवासन प्रक्रिया व्यवस्थित रहेको, कामदार शोषण र ठगीमा पर्ने कम सम्भावना भए पनि अधिकार संरक्षणका दृष्टिले कमजोर रहेको पाइयो ।

यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका महासचिव मिलन कट्टेलका अनुसार पछिल्लो समय भिजिट भिसा र व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा केही कन्सल्टेसीहरुले कामदार पठाउने गरेका छन् ।

यो कानुनविपरित भएपनि सरकारले रोक्न नसक्दा भिजिट भिसा र व्यक्तिगत भिसाका कारण समस्यामा परेको कामदारको दोष म्यानपावरमाथि आउने गरेको उनको आरोप छ ।

नेपालको नयाँ श्रम गन्तव्य युरोप हुन थालेको र सरकारले संस्थागत रुपमै श्रमिक पठाउन थाल्नुपर्ने उनले माग राखे । ‘युरोपमा न्यूनतम पारिश्रमिक नेपाली ८० हजारबाट सुरु हुन्छ । श्रमिकको दक्षता, सीपका आधारमा पारिश्रमिक कति पाउने भन्ने हुन्छ । नयाँ श्रम गन्तव्यको आवश्यकतालाई हेरेर सरकारले संस्थागत रुपमा जाने बाटो अब खुला गर्नुपर्छ ।’ उनले भने ।

वैदेशिक रोजगारमा गएका कामदारहरूलाई पूर्वी एशिया, खाडी र युरोप गरी ३ क्षेत्र विभाजन गरी हेर्दा युरोप गएका कामदारको संख्या न्यून छ । जसका कारण सरकारले यी देशमा कामदार पठाउन र प्रवद्र्धन गर्न चासो नै दिएको छैन ।

नेपालबाट युरोपका देश, अप्रिकी मुलुक र क्यानडा व्यक्तिगत तवरले जाने गरेका छन् । सरकारले नेपाली कामदारका लागि युरोपको रोजगारी राम्रो माध्यम हुने भनेर वार्षिक रूपमा योजना बनाइरहेको मात्र भन्दै आएको छ । तर, कामदार पठाउन सकेको छैन ।