Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अब देशकै नेतृत्व गर्ने पक्षमा रहेको कुलमानको घोषणा

अब देशकै नेतृत्व गर्ने पक्षमा रहेको कुलमानको घोषणा
  • १८ मंसिर २०८२, बुधबार १६:५३

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन भए पनि आर्थिक क्रान्तिमा नेपाल असफल भएको र सही व्यक्तिको छनौट नहुँदा देश बन्न नसकेको बताएका छन्।

mulpatra

२००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए । बुधबार उज्यालो नेपाल घोषणा कार्यक्रममा बोल्दै घिसिङले देश विकासका लागि विचारभन्दा नेतृत्व महत्वपूर्ण भएको बताए ।

उनले २००७ सालदेखि ७५ वर्षमा नेपालले ७५ गुणा आर्थिक वृद्धि गरेको तर भारत र चीनले क्रमशः १५० र ३५० गुणा वृद्धि गरेको उल्लेख गरे । ‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो। भारत र चीनमा पनि ठूला राजनीतिक परिवर्तन आए। ७५ वर्षमा चीनले आफ्नो जीडीपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ उनले भने, ‘नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो। यहीँनेर हामी चुक्यौं।’

mulpatra mulpatra mulpatra