Close

Recent Posts

राधिकाले गुण्डुमा ओली कुटीको सिलान्यास गरिन

राधिकाले गुण्डुमा ओली कुटीको सिलान्यास गरिन
  • १९ मंसिर २०८२, बिहीबार १५:०६

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दम्पतीको लागि भक्तपुरको गुण्डुमा ओली कुटीको सिलान्यास भएको छ ।

mulpatra

ओली कुटी निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । आज ओलीकै श्रीमति राधिका शाक्यद्वारा शिलान्यास सम्पन्न भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने समेत उनको पोष्टमा भनिएको छ ।

गुण्डुबासीको पहलमा ओली दम्पतीको लागि आवास बन्न लागेको समेत बताइएको छ । ओलीकुटीको शिलान्यास राधिका शाक्यले गरेको तस्वीरक समेत बस्नेतले राखेका छन् ।

mulpatra mulpatra mulpatra

ओलीको बालकोटस्थित निवासमा जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आन्दालनकारी समूहले आगो लगाएर नस्ट गरेका थिए । अध्यक्ष ओलीले सो घर राज्यको नाममा नामसारी गरिसकेको सो भवनमा महत्त्वपूर्ण पुस्तक तथा ओलीलाई जीवनभरि प्राप्त भएका विभिन्न उपहारहरू संग्रहित थिए ।

सो घरमा भएका अमूल्य सामान तथा मूर्तिहरू लुटपाट गरेर लगिएको अध्यक्ष ओली दम्पतीको भनाइ छ । घर आगो लगाएर पूर्णरुपमा ध्वस्त बनाइएको छ । बस्नेतले टबालकोटमा भवन जलेको ठाउँमा नयाँ भवन नबाउने बताउनुभयो । अध्यक्ष ओलीको लागि गुण्डुमा नै ‘ओलीकुटी’ निर्माण गर्ने घोषणा गरेका थिए ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनीमा परेको बालकोटस्थित घर मर्मत नगर्ने निर्णयममा पुगेका थिए ।

Image Source: © https://mulpatra.com