Close

Recent Posts

फागुन २१ मा चुनाव गराएर युवा शक्तिको हातमा सत्ता सुम्पिन पक्षमा छु: प्रधानमन्त्री

फागुन २१ मा चुनाव गराएर युवा शक्तिको हातमा सत्ता सुम्पिन पक्षमा छु: प्रधानमन्त्री
  • १९ मंसिर २०८२, बिहीबार १६:०९

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु सरकारको दायित्व भएको बताएकी छन्।

mulpatra

ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित कार्यक्रममा बोल्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको बताइन्।

उनले भनिन्, ‘गत भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट हामीले एउटा पाठ सिक्नुपरेको छ। मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस–वास–कपासको सुनिश्चितताको माग गरेको छ। ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ।’

mulpatra mulpatra mulpatra

चुनाव सफल बनाउने अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गरिन्।