Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रधानमन्त्रीको आव्हानमा प्रमुख पाँच दल सहित सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्रीको आव्हानमा प्रमुख पाँच दल सहित सर्वपक्षीय बैठक बस्दै
  • २० मंसिर २०८२, शुक्रबार ०७:२९

काठमाडौं । प्रधानमन्त्री सुसिला कार्कीले बोलाएको सर्वपक्षिय बैठक आज ४ बजे बस्ने भएको छ । सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्रीले उक्त बैठक आव्हान गरेकी छिन् । राष्ट्रिय सभाको निर्वाचन समेत यही माघ ११ गते हुँदैछ ।

mulpatra

जेनजी आन्दोलनका क्रममा देशभरिबाट लुुटिएको हजारौ हतियार, गोली सहित हाल सम्म फेला पर्न सकिरहेको छैन । यस्तो बेला निर्वाचनको सुरक्षाको चुनौतिको बहस सवत्र भइरहेको बेला प्रधानमन्त्रीले प्रमुख राजनीतिक दलहरुलाई छलफलमा बोलाएकी हुन ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको बैठकमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरू पनि सहभागी रहने सचिवालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

बैठकमा प्रमुख पाँच राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा र राप्रपा बोलाईको बुझिएको छ । बैठकमा यी पाँच राजनीतिक दल, सरकार, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।