बदमास अर्थमन्त्रीले विदेशीमा बसोबास गर्दै आएका नेपालीकाे साधारण सभालाई झुक्याएर अनुपस्थितिहस्ताक्षरबिना सम्मानपत्र बाँडियो
काठमाडौं– शनिबार हामी नेपाली ग्लोवलको तेस्रो साधारण सभाको प्रमुख अथितिका लागि अर्थमन्त्री रामेश्वर खनाललाई बोलाइएको थियो । शनिवार विहान ११ बजेसम्म उनले कार्यक्रममा उपस्थीति हुने जानकारी समेत गराएका थिए ।

दुई साताअघि नै खनाललाई हामी नेपाली ग्लोवलले प्रमुख अथितिका रुपमा निश्चित गरेर सम्मानित हुने व्यक्तिको प्रमाणपत्र समेत बनाएको थियो । तर तीनै अर्थमन्त्री खनालले शनिवार भने उक्त संस्थाको कार्यक्रममा बदमासी गरेर गएनन् । जसका कारण आयोजकले सम्मानित व्यक्तिलाई उनको हस्ताक्षरबिना सम्मानपत्र बाँड्न बाध्य भएको थियो ।
मन्त्री खनालले १२ बजेपछि आफनो फोन अफ गरे । उनलाई हामी नेपाली ग्लोवलका प्रतिनिधिले कार्यक्रमका लागि ४ बजेसम्म कुरेका थिए । उनी नआएपछि संस्थाले आफनो कार्यक्रम सुरु गरेका थिए । तर अर्थमन्त्रीले आफनो वास्तजिक रुप देखाएको आयोजकको आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
उपत्यका बाहिर काम छ भनेका खनाल आइतवार बिहानै क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को साधारण सभामा सजिएर पुगेका थिए । विदेशमा बसोबास गदै आएको नेपालीको संस्था हामी ग्लोवलले नेपालमा विभिन्न क्षेत्रमा लगानी भित्र्याउन थालेको छ । यस्तो संस्थाका प्रतिनिधिलाई समेत भेट्न चासो नदिने गरेको पाइन्छ ।
पुर्वअर्थसचिव रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्रीमा नियुक्त भएदेखि आफुलाई ठुलो मान्छे ठान्न थालेको पाइन्छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो । जसका कारण विदेशमा बसोबास गर्ने नेपालीहरु आफनो कार्यक्रममा उनै खनाललाई बोलाएका थिए । तर यीनै खनालले आफनो वास्तविक रुप देखाएको हामी नेपाली ग्लोवलको आरोप छ ।
देशमा आर्थिक दबाब र राजनीतिक अनिश्चितता कायम रहँदा गठन भएको अन्तरिम सरकारमा अर्थतन्त्रलाई स्थिर पार्ने र दीर्घकालीन सुधारको मार्गचित्र तयार पार्ने उपयुक्त व्यक्तिका रूपमा खनालले उक्त जिम्मेवारी पाएका थिए ।
Image Source: © https://mulpatra.com
यसका आधारमा विदेशीमा बसोबास गर्ने नेपाली स्वदेशमा कसरी लगानी भित्र्याउने भनेर कार्यक्रममा छलफलका लागि बोलाएका थिए । तर उनै अर्थमन्त्री खनालले ४१ देशबाट आएका हामी नेपाली ग्लोवलका प्रतिनिधिलाई समस्यामा पारे । त्यति मात्र होइन उनले उक्त संस्थाको कार्यक्रममा बदनियत राखेर नगाएको आरोप समेत लागेको छ ।
राजस्व नीति, बजेट योजना र सार्वजनिक लेखापरीक्षणमा लामो अनुभव बोकेका खनाललाई अर्थ मन्त्रालयको जिम्मा दिइनुले सरकारको प्राथमिकता स्पष्ट भएको विश्लेषकहरूको टिप्पणी भएका कारण उनीलाई अथितिमा बोलाएको ग्लोवलको बुझाई छ ।
सचिवबाट मन्त्री बनेकाले उनलाई काम गर्न सहज हुने देखिन्छ । लामो प्रशासनिक अनुभवका कारण अर्थ मन्त्रालयको संरचना र कार्यप्रणालीप्रति उनको गहिरो समझ छ । मुलुकको सुधार मार्गचित्र तयार पार्ने नेतृत्वकर्ता भएकाले उनले तत्काल कार्यान्वयन गर्न सकिने प्राथमिकताहरू पहिचान गरिसकेका उनले विदेशीमा बसोबास गर्ने नेपालीको साधारणसभालाई झुक्याएको आयोजकको आरोप छ ।
राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि उठेर संसारभरि रहेका नेपालीहरुलाई एकजुट गर्ने उद्देश्यले ’हाम्रो नेपाली ग्लोबल’ स्थापना गरिएको अध्यक्ष अमृत लामाले बताए । ‘विदेशमा बसे पनि मायाँ नेपालकै छ । त्यही भएर नेपालको विकाशका लागि विदेशमा बस्ने नेपालीले लगानी गर्न खोजीरहेका छन् । सरकारले उनीहरूलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने ।

विदेशमा बसोबास गर्ने नेपालीसँग सीप, अनुभव र विकाशसम्बन्धी ज्ञान भएकाले नेपालमा त्यसको उपयोगका लागि सरकारले उत्प्रेरित गर्नुपर्ने लामाले बताए । त्यसले रोजगारी सिर्जनामा थप मद्दत पुग्ने उनको भनाइ छ ।
लामाले मभन्दा देश विकाशका लागि हामी भनेर अगाडी बढनुपर्ने बताए । नेपालमा म मात्र हो भनेर अगाडि बढन् खोज्दा विकाश ओझेलमा परेको र देशको अर्थतन्त्र उकास्न विश्वमा भएका नेपाली एक हुनुपर्ने उनको भनाइ छ ।
अमेरिका बसोबास गर्दै आएका नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले नेपालका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । हामी नेपालीले नेपालको कृषि, रोजगार सिर्जना, आर्थिक, मनोरञ्जन, ऐतिहासिक संरक्षण, संस्कृति वा कलाको उत्थान र देशभित्र विभन्नि क्षेत्रमा सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ ।
नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूले गरेको योगदानको उच्च कदर गर्दै हामी नेपाली ग्लोबलले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गदै आएका छ । अवार्डबाट सम्मानित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालपनि सहभागि थिए । उनले अवार्डबाट सम्मानित भएका व्यवसायीलाई धन्यवाद दिए ।
अवार्डबाट सम्मानित हुने हरुमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही, चर्चित गायिका तथा समाज सेवी गायिका आनी छोइङ डोल्मा, गायक सञ्जय श्रेष्ठ, महिला फुटबलर सावित्रा भण्डारी (साम्बा), लेख तथा समाजसेवी पासाङ शेर्पा, अधिवक्ता केशवराज सेडाईं, उद्यमी पासांग लामा, पत्रकार ऋषि धमला तथा न्यूयोर्कमा नेपाली समुदायका लागि कार्यरत संस्था अधिकार छन् ।
यस्तै, सञ्चार क्षेत्रमा योगदान गरिरहेका कमेडी नाइटका विशाल भण्डारी, न्यजु २४ बाट प्रसारित जनतासँग सिधा कुराका विरेन्द्र जैरु, अनलाइन खबरका दिनेश गौतम, साझा सवालका अनिल अधिकारी र मूलपत्र डटको कार्यक्रम सम्भव छ का रमेश भारतीलाई हामी नेपाली ग्लोवलले सम्मानित गरेको हो ।




