यूएई जाने कामदारको प्रहरी रिपोर्टमा १५ हजार तिर्नुपर्ने, कामदारमाथि आर्थिक भारको रमिते सरकारराजदूत क्षेत्रीको फितलो कुटनीतिक मारमा श्रमिक–व्यवसायी, चुप संघ
काठमाडौं– यूएई जाने कामदारका हकमा प्रहरी रिपोर्ट चाहिने भएको छ । काठमाडौंस्थित यूएई दूतावासमा यूएई वैदेशिक रोजगारीमा जाने कामदारले प्रहरी रिपोर्टको १५ हजार तिर्नुपर्ने भएको छ । तर यो अनिवार्य भने लागू भएको छैन ।

यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ । यूएईले भिजिट र श्रम भिसाका लागि नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरेको छ ।
नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गरेपछि नेपाली नागरिकले भिसा आवेदन दिनका लागि ३ सय ५३ दिराममा अथवा नेपाली १४ हजार २ सय तिर्नुपर्ने भएको छ । प्रहरी रिपोर्टमा पहिला यही कामका लागि परराष्ट्र मन्त्रालय छाप लगाए मात्र पुग्थ्यो ।
![]() |
![]() |
![]() |
|---|
अहिलेपनि प्रहरी रिपोर्टमा परराष्ट्र मन्त्रालयमा छाप हान्दा हुने कामका लागि १५ हजार कामदार तिर्नुपर्ने अवस्था सिर्जना भएको म्यानपावर व्यवसायीहरुको गुनासो छ । प्रहरी रिपोर्टका लागि व्यवसायी र कामदार दुवैले दुख पाउँछन् ।
यस विषयमा कुराकानी गर्न खोज्दा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङ र महासचिव महेश बस्नेतले फोन उठाएनन् । संघका अध्यक्ष गुरुङले यस्तो विषयमा खासै चासो नदिएका कारण पनि व्यवसायीसँग कामदार मारमा परेको आरोप छ ।
यूएईले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि भिसा जारी गर्न बन्द गरेको थियो । सुरक्षाको कारण देखाएर भिजिट र श्रम भिसा बन्द गरेको यूएईले अहिले भने सबै प्रकारका भिसा खुल्ला गरिएको जानकारी दिएको छ ।
Image Source: © https://mulpatra.com
वैदेशिक रोजगार व्यवसायी संघहरुले प्रहरी रिपोर्ट लिई नेपालीका लागि भिसा खुल्ला गर्न नेपाल सरकारलाई अनुरोध गर्दै आएको थियो । यूएई दूतावासले अहिले भने सबै प्रकारका भिसा खुल्ला गरिएको जानकारी दिएको छ ।
यूएईस्थिथत नेपाली राजदूत तेजबहादुर क्षत्रीले भिसामा भएको रोकावटबारे दूतावासलाई औपचारिक जानकारी नभएको प्रतिक्रिया दिदै आएका छन् । उनले कुटनीतिक पहल नगर्दा यूएईको रोजगारी करिब ३ महिना बन्द भयो । क्षेत्रीले परराष्ट्रले कुटनीतिक पहल गर्ने दिएको निर्देशनअनुसार कुटनीतिक छलफल गर्न नसक्दा यूएईको रोजगारी ३ महिनाभन्दा बढी रोकियो ।
वर्किङ भिसाका लागि समेत कडाइ गरेको छ । तत्कालको प्रहरी रिपोर्टका आधारमा यसअघि नै भिसा जारी भइसकेका मात्रै जान सकिरहेका छन् भने नयाँ माग ल्याएर जान पाइरहेका छैनन् । यस विषयमा क्षेत्रीले चासो नदिँदा यूएईको रोजगारीमा समस्या देखिएको एक म्यानपावर व्यवसायी आरोप लगाए । उनका अनुसार क्षेत्रीले यूएईको रोजगारी खुलाउन कुनै कुटनीतिक पहल नगर्दा त्यहाँको भिसामा समस्या देखिएको हो ।
नेपालमा विकसित राजनीतिक घटनाक्रम र यूएईमा बढ्दो नेपालीको समस्यालाई मध्यनजर गरेर भिसामा अस्थायी प्रतिबन्ध लगाएको चर्चा म्यानपावर व्यवसायीले बताउँदै आएका थिए । परराष्ट्रका एक कर्मचारीका अनुसार यूएईका राजदूत क्षेत्रीले कुटनीतिक पहल र नेपालमा घटेको राजनीतिक घटनाका विषयमा यूएई सरकारलाई बुझाउन नसक्दा भिसा प्रक्रियामा समस्या देखिएको हो । यसमा उनीसँग पटक–पटक जवाफ समेत मागेपनि केही प्रक्रिया नदिएको परारष्ट्र स्रोतले जनाएको छ ।
यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत यूएई जाने गर्छन् । आर्थिक वर्ष २०८१÷०८२ को तथ्यांकअनुसार यूएई जानका लागि २ लाख १ हजार १४८ जनाले श्रम स्वीकृति लिए ।



