गोवाको नाइट क्लबमा आगो लागि हुँदा ४ नेपालीको मृत्यु
काठमाडौं– भारतको गोवास्थिति एक नाइट क्लबमा गत शनिबार मध्यरात भएको आगलागीमा मारिनेमध्ये ४ जना नेपाली भएको खुलेको छ। आगलागीमा २५ जनाको मृत्यु भएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरुमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको छैन । गोवा सरकारले शव नेपाल पठाउने व्यवस्था मिलाइने जनाएको छ ।
भारतीय अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र ५ जना पर्यटक हुन् । कर्मचारीमध्ये तीनजना नेपालका भएको अधिकारीहरुले बताएका छन् । गोवाको बिर्च एन्ड रोमियो नाइट क्लवमा १०० जनाजति मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन् । उनीहरुमध्ये नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन (थर नखुलेको) र सुदीप (थर नखुलेको) नेपालका हुन् । नेपालीहरुको पुरा ठेगाना खुलाइएको छैन ।



