ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र

ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र
  • २३ मंसिर २०८२, सोमबार १५:४६

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

mulpatra

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् । आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे ।

महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणापत्र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ । पोखरेलले तयार पारेको उक्त अवधारणापत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उनीनिटक नेताले बताए ।

mulpatra mulpatra mulpatra