प्रसाई र प्रधानमन्त्रीबीच वार्ता सुरु
प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबिच आज भेटवार्ता सुरु भएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गरेर मंसिर २२ गते वार्तामा आउन भनेका थिए ।
यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए । सो भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई भेटेर आफ्ना भनाइ राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । सरकार र प्रसाईंबीच वार्ताको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गर्दै आएका छन् ।



