भोलिदेखि अण्डाको नयाँ मुल्य
काठमाडौं– विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ ।
त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) ५८०, ठूलो अण्डा ५६५ र मिडिएम ५५० रुपैयाँ कायम गरिएको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट ५६० रुपैयाँ पुगेको थियो । क्रमशः मूल्य घटेर ४०० रुपैयाँमा झरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैंकिङ ऋण लिएर किसानहरुले ठूलो संख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।



