११ महाधिवेशनपछि ओली एमालेको अभिभावक मात्र बन्नुपर्छ: केन्द्रीय सदस्य कोइराला (भिडियोसहित)

११ महाधिवेशनपछि ओली एमालेको अभिभावक मात्र बन्नुपर्छ: केन्द्रीय सदस्य कोइराला (भिडियोसहित)
  • २४ मंसिर २०८२, मंगलवार १५:३३

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको चटारो छ । एमाले पछिल्लो एक दशकदेखि केपी शर्मा ओलीको छायाँमै लट्ठिएको छ ।

mulpatra

एमालेको गत भदौमा भएको विधान महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्याग गर्न सुझाव दिएका छन् । उक्त महाधिवेशनमा रविन कोइरालासँगै रचना खड्का र रामलाल साहले अध्यक्ष छोडेर आराम गर्न भनेका थिए ।

पार्टीको केन्द्रीय नेतृत्वमा रहेका कोइरालाले ११ औं महाधिवेशनबाट ओलीले आराम लिएर पार्टीको अभिभावकको भुमिकामा बस्नुपर्ने माग राखेका छन् । उनले पार्टीमा उहाँको आवश्यक छ । तर अभिभावकको भुमिकामा मात्र आवश्यक रहेको उनले बताए ।

mulpatra mulpatra mulpatra

पार्टी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र अर्का नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । यही बेला कोइरालाले वर्तमान अध्यक्ष ओलीलाई नै फेरि तेस्रो पटक नेतृत्वमा ल्याउनका लागि मात्र यो महाधिवेशन भए जस्तो देखिन्छ । जसका कारण ओलीले अभिभावकको भुमिकामा बस्नुपर्ने आग्रह कोइरालाको छ ।

एमाले नेतृत्वमा ओलीको बलियो पकड भएदेखि नै उक्त पार्टीमा आन्तरिक लोकतन्त्र दयनीय देखिएको छ । पार्टीमा मात्र हैन, मुलुककै राजनीतिमा देखिएको ओलीको प्रभाव पछिल्लो विवाद, आलोचना र सार्वजनिक बहसको मूल विषय बन्दै आएको छ । विशेषगरी जेनजी आनदोलनपछि ओलीको पक्ष र विपक्षमा खुलेरै बहस हुने गरेको छ ।