गगन थापाको नाम चारवटा निर्वाचन क्षेत्रबाट सिफारिस

गगन थापाको नाम चारवटा निर्वाचन क्षेत्रबाट सिफारिस
  • २५ मंसिर २०८२, बुधबार १२:३२

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावको लागि चारवटा निर्वाचन क्षेत्रशबाट उम्मेदवार बन्नको लागि सिफारिस भएका छन् । काठमाडौं– ४ बाट एकल सिफारिसमा परेसँगै उनको सिफारिस निर्वाचन क्षेत्रको संख्या चार पुगेको हो ।

mulpatra

उनी रोल्पा, सर्लाही– ४ र धनकुटाबाट पनि सिफारिस भएका छन् । रोल्पाबाट थापासहित, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएका छन् ।

सर्लाही– ४ बाट थापासहित अहिले प्रदेशसभा सदस्य रहेका वीरन्द्रप्रसाद सिंहको नाम सिफारिस गरेको छ । धनकुटाबाट थापासहित जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम सिफारिस भएका छन् ।

mulpatra mulpatra mulpatra

थापा कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन् । २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका उनले २०७०, २०७४ र २०७९ को चुनाव काठमाडौं– ४ बाट जितेका छन् ।