Close

Recent Posts

५ नेपालीको मृत्यु जोडिएको गोवा आगलागी घटनामा नाइटक्लबका १ मालिक पक्राउ,

५ नेपालीको मृत्यु जोडिएको गोवा आगलागी घटनामा नाइटक्लबका १ मालिक पक्राउ,
  • २५ मंसिर २०८२, बुधबार १४:०९

काठमाडौं– मंसिर २० गते अर्थात् डिसेम्बर ६ तारिख मध्यराति भारतको गोवास्थित बिर्च बाई रोमियो लेन नाइटक्लबमा भएको भीषण आगलागीमा ५ नेपालीसमेत २५ जनाको मृत्यु भएपछि क्लबका चार मालिकमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ ।

mulpatra

भारतीय सञ्चारमाध्यमका अनुसार क्लबका एक मालिक अजय गुप्तालाई बुधबार उनकै गृहनगर दिल्लीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । गोवा प्रहरीले दिल्ली अपराध शाखा कार्यालयमा लगेर उनलाई सोधपुछ गरिरहेको छ। उनलाई आजै साकेत अदालतमा पेस गरिनेछ ।

मिडियाको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म केवल एक व्यापारिक साझेदार हुँ। मलाई त्यो भन्दा बढी केही थाहा छैन।’

mulpatra mulpatra mulpatra

यसैबीच क्लबका अन्य २ मालिक सहोदर दाजुभाइ सौरभ लुथरा र गौरव लुथराले दिल्लीको रोहिणी अदालतमा अग्रिम जमानत आवेदन दायर गरेका छन् । निवेदनको सुनुवाइ आज हुने अपेक्षा गरिएको छ । आगलागी भएको केही घण्टापछि डिसेम्बर ७ मा दुई दाजुभाइ दिल्लीबाट थाइल्यान्ड भागेका थिए ।

अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) ले दुवै दाजुभाइविरुद्ध ब्लु कर्नर सूचना जारी गरेको छ । नाइटक्लबका अर्का मालिक सुरिन्दर कुमार खोसलाविरुद्ध लुकआउट सर्कुलर (एलओसी) जारी गरिएको छ, उनी बेलायती नागरिक हुन् ।