ओली पक्राउन विद्याले प्रधानमन्त्री कार्कीलाई भेटेको बस्नेतको दावी

ओली पक्राउन विद्याले प्रधानमन्त्री कार्कीलाई भेटेको बस्नेतको दावी
  • २६ मंसिर २०८२, बिहीबार ११:१७

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् । बस्नेतले आफ्नो फेसबुक स्टाटसमा ’षड्यन्त्रको नयाँ खेलझभन्दै यस्तो दाबी गरेका हुन् ।

mulpatra

उनले लेखेका छन्, ’दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।

उनले यो घटनालाई हिजो नाटकीय वार्ता र सम्झौताझ, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र ’केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायलझ सँग जोडेर हेरेका छन् ।

mulpatra mulpatra mulpatra

’यी सबै कुरा एउटै दिशातिर संकेत गर्छन् एमालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने,झ बस्नेतले लेखेका छन् ।

उनले थपे, ’महाधिवेशनमा चुनाव भए सके हराउने, नसके भोट घटाउने नै उनीहरूको अन्तिम उद्देश्य हो । बस्नेतले हिजोको पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले भनेको कुरालाई पनि जोडेका छन्– ’किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन भन्ने प्रश्न पत्रकारहरूले सोध्न भुल्नुभयो । म भए जान्थेँ, उहाँ पनि जानैपर्छ ।झ

बस्नेतले एमाले यो सबै षड्यन्त्रको सामना गर्न पूर्णरूपमा सक्षम रहेको चेतावनी दिएका छन् । ’पार्टी आफ्नो अडानमा अडिग छ । अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुने छैन,झ उनले लेखेका छन् ।

Image Source: © https://mulpatra.com

उनले अन्त्यमा भनेका छन्, ’तिमीहरूका हरेक कर्तुत र योजना अब पूर्ण रूपमा बुझिसकिएको छ । अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको खेल नजन्मदै तुहिनेछ ।