१० हजार लागत तोकेको देश यूएई जाँदा कामदारको स्वदेशमै ३० हजार खर्च, आवश्यक देखिएन फ्रि भिसा–टिकट (भिडियोसहित)

पटक–पटक श्रम सचिव सेटिङमा किन जोडिन्छन्, फ्रि भिसा–टिकटको विकल्प खोज्नुपर्छ

१० हजार लागत तोकेको देश यूएई जाँदा कामदारको स्वदेशमै ३० हजार खर्च, आवश्यक देखिएन फ्रि भिसा–टिकट (भिडियोसहित)पटक–पटक श्रम सचिव सेटिङमा किन जोडिन्छन्, फ्रि भिसा–टिकटको विकल्प खोज्नुपर्छ
  • २६ मंसिर २०८२, बिहीबार १७:१०

काठमाडौं– यूएईले नेपालीहरूका लागि केही समय रोकेको श्रम तथा भिजिट भिसा पुनः सुचारुमा ल्याएको छ । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेकाहरूको अवस्थाबारे यूएई सरकार विश्वस्त हुन प्रहरी रिपोर्ट खोजेको हो ।

mulpatra

युएई रोजगारी भिसा खुलेसँगै खुलेसँगै रोजगारी र भ्रमणमा जाने नेपालीमाथि ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणको नाममा नयाँ र महँगो आर्थिक भार थपेको छ । युएई जाने नेपालीहरुले भिसा प्रमाणिकरणका लागि १४ हजार २ सय तिनुपर्ने भएको छ ।

यूएई सरकारले नेपालको भिसा बन्द छ पनि भनेको छैन र पुलिस रिपोर्ट यहाँको दूतावासबाटै प्रमाणीकरण गर भनेर लिखित निर्देशन पनि दिएको छैन । तर नेपालस्थित यूएई राजदूतवास भीएफएस बिना काम नहुने वातावरण भइसकेको म्यानपावर व्यवसायीहरु नै बताउँछन् ।

mulpatra mulpatra mulpatra

प्रहरीले बनाएको रिपोर्ट परराष्ट्र मन्त्रालयको कन्सुलर शाखाबाट प्रमाणित गरेपछि पुनः भिएफएस मार्फत नेपालस्थित यूएई दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । भिसा सहजीकरण गर्ने कम्पनी भीएफएसमार्फत एउटा पुलिस रिपोर्ट प्रमाणीकरण गर्न सेवाग्राहीले करिब १४ हजार २ सय रुपैयाँ तिर्नुपर्छ । भीएफएसमार्फत ठूलो आर्थिक चलखेल भएको आशंका गरिएको छ ।

महँगो शुल्क तिरेर बनाएको पुलिस रिपोर्टको म्याद जम्मा ३ महिनासम्म मात्र हुन्ट । ३ महिनाभित्र भिसा नलागेमा वा प्रक्रिया लम्बिएमा पुनः नयाँ रिपोर्ट बनाएर अर्को १४ हजार फेरी भीएफएसमा तिरे बनाउनुपर्छ ।

हाल इम्दाद, इजादा, एमबिके जस्ता अर्ध–सरकारी कम्पनीहरूको भिसा लागिरहेको छ । तर, निजी कम्पनीहरू र विशेष गरी अबुधाबी क्षेत्रको भिसा प्रक्रिया अझै समस्या भएको एक म्यानपावर व्यवसायीले मूलपत्रलाई जानकारी दिए । उनका अनुसार दूतावासले सिधै डकुमेन्ट नलिने र महँगो शुल्क लिने भीएफएसलाई मात्र माध्यम बनाउनुले भित्री ‘सेटिङ’ रहेको आशंका छ । तर अहिले नै यस्तो भन्ने अवस्था नभएको उनीकै भनाइ छ ।

Image Source: © https://mulpatra.com

युएई जाने कामदारको ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणका नाममा भीएफएसमा घुसाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्करको समेत संलग्नता रहेको केही व्यवसायीकै आरोप छ । योसँग उनीमाथि मलेसिया रोजगारीमा सिण्डिकेट लगाउन पनि ठुलो चलखेल गरेको आरोप लागेपनि यसबारेमा उनलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

यूूएई फ्रि भिसा र फ्रि टिकट लागू भएको देश हो । तर यही देश वैदेशिक रोजगारीमा जाने कामदारका हकमा प्रहरी रिपोर्टका नाममा १४ हजार खर्च लाग्ने भएको छ ।

वैदेशिक रोजगार व्यवसायीका अनुसार अहिले यूएई जान चाहनेहरूले भिजिट र वर्किङ दुबै भिसा केही हदसम्म पाउन थालेका छन्। तर, यूएई जान नेपाल प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनापछि यूएईले अनौपचारिक रूपमा नेपालीका लागि भिसा बन्द गरेको थियो ।

यद्यपि, यूएईले भिसा रोकेको वा खुलाएको विषयमा औपचारिक जानकारी भने गराएको थिएन । भदौ २४ गतेको जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले नेपालीको भिसामा अघोषित रोक लगाएको थियो । परराष्ट्र मन्त्रालय र व्यवसायी संघको निरन्तर संवादपछि भिसा प्रक्रिया सुचारु भएको हो ।

यूएईको रोजगार खुलेपनि प्रहरी रिपोर्ट अनिवार्य गरिएको भन्ने छ । तर तत्काल यो आवश्यक नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले जानकारी दिए । विगतमा युएईको सिस्टममा ‘कन्डक्ट टु मोफा दुबई’ भनेर देखाउने गरेको भए पनि अहिले अनावश्यक रूपमा भीएफएस घुसाइएको उनको आरोप छ । यसैका कारण कामदार र म्यानपावर व्यवसायीले दुख पाउने उनले बताए । ‘फ्रि भिसा र टिकट लागू भएको देश यूएई जाने कामदारलाई स्वास्थ्य, प्रहरी रिपोर्ट र अभिमुखिकरणमा नाममा ३० हजार खर्च लाग्छ । तर सरकारले फ्रि भिसा र टिकट लागू गरेको छ । त्यही भएर यसको निश्चित खर्च तोक्नुपर्छ ।’ उनले भने ।

फ्रि भिसा र टिकटको विकल्प खोज्न सरकारसँग पटक–पटक आग्रह गरिएको छ । तर सम्बन्धीत मन्त्रालयले यस विषयमा चासो नदिँदा समस्या र ठगि बढ्दो अवस्थामा रहेको उनको भनाइ छ ।

यस्तै श्रम मन्त्रालयका प्रवक्ता पितम्बर घिमिरे भने युएईले नेपालबाट जेनजी आन्दोलनका क्रममा जेलबाट भागेकाहरूको अवस्थाबारे यूएई सरकार विश्वस्त हुन प्रहरी रिपोर्ट खोजेको बताउँछन् । योभन्दा बाहेकको विषयमा बुझेर मात्र बोल्ने उनले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ सालदेखि कतार, यूएई, साउदी, ओमान, बहराइन, कुवेत, जोर्डन र मलेसिया वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकट लागू गरेको छ । तर यीनै देश जाने कामदारसँग म्यानपावर कम्पनी भिसा लागेपछि ३ देखि ५ लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । यसबारेमा कामदारहरूले उजुरी दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

फ्री भिसा र फ्री टिकट लागू भएका देशमा रोजगारीमा जाने कामदारहरू ८० हजारदेखि पाँच लाख रुपैयाँसम्म ठगिएको उजुरी परेको छ। तर कामदारलाई म्यानपावर कम्पनीले १० हजार रुपैयाँको मात्र पाउने गरेका छन् ।

फ्रि भिसा र टिकट लागू भएकै देश जाने कामदारको स्वास्थ्य परिक्षण, प्रहरी रिपोर्ट र अभिमुखिकरण तालिममा ३० हजारसम्म खर्च आउँछ । तर फ्रि भिसा र टिकट परिमार्जनका बहस भएपनि कार्यान्वयन चाहि भएको छैन ।