एमालेको ११औँ महाधिवेशनमा विदेशी अतिथि नदेखिने, २६ दललाई आमन्त्रण

एमालेको ११औँ महाधिवेशनमा विदेशी अतिथि नदेखिने, २६ दललाई आमन्त्रण
  • २६ मंसिर २०८२, बिहीबार १३:०३

काठमाडौं– नेकपा एमालेले ११औँ महाधिवेशनमा विदेशी पाहुना नबोलाइने भएको छ । एमालेको ११औँ महाधिवेशन यही मंसिर २७ देखि २९ सम्म भक्तपुर र काठमाडौँमा हुँदै छ ।

mulpatra

बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार एमालेले भौतिक उपस्थितिका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दललाई शुभकामना पत्र पठाउन भनिएको छ ।

महाधिवेशन उद्घाटनमा नेपालका १६ राजनीतिक दललाई आमन्त्रण गरिएको जानकारी बर्तौलाले दिए । ‘यो पटकको महाधिवेशनमा बाह्य देशबाट विदेशी पाहुनाहरूको हकमा भौतिक रूपमा उहाँहरूलाई आमन्त्रित गरेका छैनौँ। उहाँहरूबाट शुभकामना पत्र मात्रै माग गरेका छौँ। उहाँहरूलाई त्यसरी पत्राचार गरेका छौँ। विभिन्न देशका हाम्रो पार्टी सम्बद्ध रहेका २६ वटा पार्टीहरू र गैरकम्युनिस्ट पार्टीहरूलाई निमन्त्रणा पठाएका छौँ’, उनले भने, ‘नेपालका १६ वटा दलहरूलाई पत्राचार गरेका छौँ।’

mulpatra mulpatra mulpatra

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएइको नेता बर्तौलाले बताए । उनका अनुसार महाधिवेशनका लागि नेता, कार्यकर्ता काठमाडौँ आउने क्रम जारी छ । महाधिवेशनमा १ सय ८ जना मनोनीतसहित २ हजार २ सय ६८ प्रतिनिधि सहभागी हुने जानकारी बर्तौलाले दिए ।