अध्यक्ष छोड्दा सहमति हुन्छ भन्ने पोखरेललाई ओलीको जवाफ– बाहिर बाहिर होइन, मसँग भन्नुपर्छ

अध्यक्ष छोड्दा सहमति हुन्छ भन्ने पोखरेललाई ओलीको जवाफ– बाहिर बाहिर होइन, मसँग भन्नुपर्छ
  • २६ मंसिर २०८२, बिहीबार १३:५२

काठमाडौं– नेकपा एमालेका अध्क्ष केपी शर्मा ओलीले दवाव वा पूर्वशर्त राखेर आफूले अध्यक्षमा प्रतिस्पर्धा गर्नबाट पछाडि नहट्ने बताएका छन् । अध्यक्षका अर्का प्रत्यासी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले अध्यक्ष छाडे आफू पनि सहमतिमा आउन तयार रहेको बताएका थिए ।

mulpatra

बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा ओलीले आफूले दवावमा काम नगर्ने बताए । छलफलमा त्यही प्रसँगलाई उल्लेख गर्दै ‘आफू बोहकलाई अध्यक्ष छोड्न तयार हुनुहुन्छ?’ भन्ने प्रश्न गरेका थिए ।

‘म दबावमा काम गर्दिनँ,’ जवाफमा ओलीले भने, ‘कुराबाट पो सहमति हुने, नहुने हुन्छ त। पूर्वशर्त राखेर छोड्छौ भने सहमति।’

mulpatra mulpatra mulpatra

उनले बरिष्ठ उपाध्यक्ष पोखरेलले यो विषयमा आफूसँग कलिहे पनि कुरा नगरेको र बाहिर बोल्दै हिँडेको टिप्पणी गरे। ‘उहाँले बाहिर बाहिर होइन, मंसँग भन्नु प¥यो नि त्यो कुरा,’ ओलीले भने, ‘अहिलेसम्म मसँग त कहिल्यै भन्नु भएको छैन त्यो कुरा।,’

‘बाहिर बाहिर उम्मेदवारी घोषणा गर्नु भएको छ,’ उनले थपे।