इलाम फिक्कलको शक्ति प्रर्दशनलाई संम्बोधन गर्दैं दुर्गा प्रसाईले देशको मुहार फेर्न आफनो नेतृत्व जनताले खोजेको उदघोष गरे
काठमाडौं– दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियान’ ले इलामको फिक्कलमा शक्ति प्रदर्शन गरेको छ । इलाम फिक्कलमा भएको कार्यक्रमलाई संम्बोधन गर्दै प्रसाईले देशको मुहार फेर्न आफनो नेतृत्व आवश्यक रहेको र जनताले त्यही चाहाना राखेको बताएका छन् ।

जता गयो देशको अवस्थाका बारेमा प्रोफेसर, व्यवसायी, शिक्षक र सबै जनता आफुलाई गुनासो गर्छन् । नेतृत्व आवश्यक रहेको भन्छन् । अब तपाईहरु नै दुर्गा प्रसाई चाहियो भनेर आवाज उठानुहोस भनेर प्रसाईले आग्रह गरे । उनले देशका बारेमा मैलेभन्दा बढी जनताले चिन्ता गर्नुपर्ने हो । अब पार्टीको कार्यकर्ता भएर होइन जनता भएर देशका लागि लड्न उनले आह्वान गरे ।
इलाम फिक्कलमा प्रसाईको कार्यक्रममा ५ हजारभन्दा जनता भेला भएका थिए । उनीहरुले प्रसाईलाई आफनो समस्या सुनाएका थिए । आफु नेतृत्वमा पुगे देश र जनताका लागि तलदेखि माथिसम्म मिलाएर काम गर्ने आश्वासन समेत प्रसाईले दिए ।
![]() |
![]() |
![]() |
|---|

संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित प्रसाईंले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्। २० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्नेलगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।



