मन्त्रिपरिषद विस्तार नयाँ ४ मन्त्रीले लिए सपथ
काठमाडौं । सुशिला कार्की नेतृत्वको मन्त्रीपरिषद आज विस्तार भएको छ । नवनियुक्त चार जना मन्त्रीहरूले आज सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सपथ ग्रहण समारोहमा उनीहरुले सपथ लिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् । नियुक्त हुने मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् ।
नयाँ मन्त्रीहरु मध्ये श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
![]() |
![]() |
![]() |
|---|



