व्यवस्थित बन्दसत्रः नेकपा एमालेको आजबाट भृकुटी मण्डपमा बन्दसत्र
काठमाडौं । नेकपा एमालेको बन्दसत्र आजदेखि भृकटीमण्डपमा हुने भएको छ । हिजो शनिबार भक्तपुरको सल्लाघारीमा शक्ति प्रदर्शनसहित उद्घाटन गरेको महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेभएको हो ।

महाधिवेशनलाई व्यवस्थति र प्रभावकारी बनाउन पाँचसय स्वसेवक हरेकसमय रहने गरि व्यवस्थापन मिलाइएको छ । आजबाट हुने बन्दसत्रले नयाँ नेतृत्वको चयनको प्रक्रियालाई अगाडी बढाउने प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । आगामी पाँच बर्षका लागि महाधिवेशनले नेतृत्व चयन गर्ने भएकोले एमालेको यो महाधिवेशन पेचिलो बन्ने देखिएको छ ।
विधान महाधिवेशनले गत तीन महिना अघि पारित गरेको विधान अनुसारै २ सय ५१ जनाको केन्द्रिय कमिटि र अध्यक्ष, महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहितको १५ पदाधिकारी लगायत नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्षले विधान संसोधन गर्न चाहेपनि विधान संसोधन भने महाधिवेशनले नगर्ने भएको छ ।
![]() |
![]() |
![]() |
|---|
विधान संसोधन नहुने भएपछि बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।
देशभरबाट छानिएर आएका महाधिवेशन प्रतिनिधिहरु २ हजार २ सय ६२ जना रहेका छन् । ती प्रतिनिधिहरुले एमालेको आगामी नेतृत्व चयन गर्नेछन् ।
अघिल्ला सचिवालय बैठकले हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन गरेको थियो सोही अध्यक्ष मण्डलले बैठकको नेतृत्वमा बैठक सन्चालन हुने छ । महाधिवेशनको प्रस्ताव लेखन तथा माइन्युट लेखनको कार्य उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।
यसपालि समेत एमालेको नेतृत्व चयनका सहमतिमा नहुने भएको छ । जसले गर्दा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन पेश पछि सोझै मतदान प्रक्रियामा जाने भएको छ । मतदानका लागि विद्युतिय भोटिङ मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ ।
Image Source: © https://mulpatra.com



