Close

Recent Posts

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धा लगभग निश्चित, नेतृत्व चयनको पेचिलो बन्दै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धा लगभग निश्चित, नेतृत्व चयनको पेचिलो बन्दै
  • २९ मंसिर २०८२, आईतवार १०:४९

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन हिजोबाट शुरु भएको छ र आजबाट बन्दसत्रमा प्रवेश गरेको छ । शनिबार भक्तपुरको सल्लाघारीमा सम्पन्न उद्घाटन सत्रमा समर्थकहरुको बाक्लै उपस्थिति देखियो ।

mulpatra

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’को नाममा भदौ २४ पछि प्रतिगामी शक्तिले असंवैधानिक रूपमा सरकार बनाएको आरोप लगाए । उनले निकासका लागि संसद् पुनस्र्थापना नै उपयुक्त विकल्प भएको बताए ।

ओलीले चुनावको जिम्मेवारी पाएको सुशीला कार्की नेतृत्वको सरकारले संवादको सट्टा निषेध, मिडिया ट्रायल र राजनीतिक दलविरोधी षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

mulpatra mulpatra mulpatra

एमालेको एघारौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आजदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । महाधिवेशनको बन्दसत्र आज र भोलि सञ्चालन हुनेछ । करिब २ हजार २ सय ६२ जना प्रतिनिधि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुनेछन् ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा लगभग निश्चित देखिएको छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको बताइन्छ । ‘ईश्वर–विद्या’ प्यानलको चर्चा महाधिवेशनअघि नै सुरु भइसकेको थियो ।

पार्टी नेतृत्वले सहमतिमै नेतृत्व टुंग्याउने प्रयास भइरहेको बताए पनि नेताहरूका अनुसार त्यो सम्भावना न्यून बन्दै गएको छ । सहमति जुट्न नसके विद्युतीय भोटिङ मेसिनमार्फत निर्वाचन गर्ने तयारी छ, जसको परीक्षण पार्टी कार्यालय च्यासलमा भइसकेको छ ।

Image Source: © https://mulpatra.com

उद्घाटन सत्र सकिएलगत्तै ओली समूहका नेताहरू अध्यक्ष ओलीको अस्थायी निवास गुण्डुमा छलफलमा जुटेका थिए भने पोखरेल समूह अलग्गै रणनीति बनाउन व्यस्त छ । अध्यक्षसहित अधिकांश पदाधिकारीमा निर्वाचन हुने सम्भावना बढेसँगै दुवै पक्ष प्यानल निर्माणमा सक्रिय छन् ।

ओली पक्षबाट महासचिवमा हालका महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको सशक्त दाबी छ । उता पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जना महासचिवमा उठ्नेगरी तयारी गरेका छन् । तर यसबारे दुवै पक्षबाट कुनै औपचारिक धारणा बाहिर ल्याइएको छैन ।

पाण्डे महासचिव बने विष्ट र भट्टराई उपमहासचिवमा अघि सारिने पोखरेल पक्षको तयारी छ । पदाधिकारीमा आकांक्षी धेरै र पद सीमित हुँदा दुवै पक्षलाई उम्मेदवार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सचिव पदमा नयाँ अनुहार ल्याउने सहमति देखिए पनि सीमित पदका कारण अन्तिम सूची बनाउन सकस भइरहेको नेताहरूको भनाइ छ ।

अहिले पार्टी विधानअनुसार अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव तथा केन्द्रीय कमिटी भने २ सय ५१ सदस्यीय हुनेछ । तर एमाले अध्यक्ष ओलीसहित उनी निकटका नेताहरुले पदाधिकारीको संख्या बढाएर स्थायी कमिटी फेरि राखेर केन्द्रीय कमिटीको संख्या पनि बढाउने तयारी छ ।